News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
गुल्मीको विद्युत सबस्टेसनमा आगलागी

काठमाडौं— गुल्मीमा जंगलमा लागेको आगो विद्युत सबस्टेसनमा सल्किँदा डेढ करोड बढीको क्षति भएको छ।

गुल्मीदरबार गाउँपालिका-४ बिरबासस्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सबस्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरू जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताए।

Prabhu Bank

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, दमकलसहित खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए।

पछिल्लो केही दिन यता जिल्लाका विभिन्न स्थानका सामुदायिक वनमा आगलागीका घटनाहरू बढ्दै गएका छन्।

मानवीय त्रुटिका कारणले बन जङ्गलमा आगलागीका घटनाहरू बढ्दै गएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०८:१५
Weather Update