News Griha :: न्यूजगृह
मौसमः तीन प्रदेशमा आज मेघगर्जनसहित वर्षा हुने
मौसमः तीन प्रदेशमा आज मेघगर्जनसहित वर्षा हुने कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ...
इलाममा मदिरा बिक्री–वितरणमा रोक
इलाममा मदिरा बिक्री–वितरणमा रोक इलाममा मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ। इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो। जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतगणना नसकिन्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
काठमाडौंमा स्कुटर दुर्घटना, एकको मृत्यु
काठमाडौंमा स्कुटर दुर्घटना, एकको मृत्यु काठमाडौं महानगरपालिका–३२ कोटेश्वर मुनिभैरव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।
डोल्पा आगलागीमा गम्भीर घाइते भएका तीनै बालकको मृत्यु
डोल्पा आगलागीमा गम्भीर घाइते भएका तीनै बालकको मृत्यु आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा शनिबार मृत्यु भएको प्रजिअ दाहालले बताए ।
बाँकेमा १६ सीमा स्तम्भ हराए
बाँकेमा १६ सीमा स्तम्भ हराए बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपालभारत सीमा स्तम्भ हराएका छन्। बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए। 
कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र
कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ। 
ठमेल र दरबारमार्ग आजदेखि चौबीसै घण्टा खुला
ठमेल र दरबारमार्ग आजदेखि चौबीसै घण्टा खुला काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए। उनले आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताए। 
२०८१ सालको वार्षिक राशिफल, यी राशि रहनेछन् भाग्यशाली
२०८१ सालको वार्षिक राशिफल, यी राशि रहनेछन् भाग्यशाली २०८१ सालको वार्षिक राशिफल, यी राशि रहनेछन् भाग्यशाली
नयाँ वर्षको पहिलो दिन आज कस्तो रहला मौसम?
नयाँ वर्षको पहिलो दिन आज कस्तो रहला मौसम? जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
भाइको हत्या गरेर फरार दाजु ९ वर्षपछि पक्राउ
भाइको हत्या गरेर फरार दाजु ९ वर्षपछि पक्राउ शीतगङ्गा नगरपालिका-१२ रजियाका राजन भुसालको हत्या गरेको आरोपमा उनकै दाजु जनकराज भुसाललाई प्रहरीले पक्राउ गरेको हो। ९ वर्षअघि भाइ राजनको हत्या गरेर जनकराज फरार थिए। 
ठमेल र दरबारमार्गपछि नयाँ बसपार्क पनि चौबीसै घण्टा खुलाउने तयारी  
ठमेल र दरबारमार्गपछि नयाँ बसपार्क पनि चौबीसै घण्टा खुलाउने तयारी   काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्क क्षेत्रलाई पनि २४ सै घण्टा खुलाइने बताएका छन्।मित्रनगर विकास तथा सुधार समितिले शुक्रबार नयाँ बसपार्कमा आयोजना गरेको कार्यक्रममा उनले ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा खुलाउने बताएका हुन्।
आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति तोडफोड भए सरकारले बिल पठाउने
आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति तोडफोड भए सरकारले बिल पठाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आन्दोलनका नाममा भएको सार्वजनिक सम्पत्ति तोडफोडको क्षतिपुर्ती भराउने बताएका छन्।उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सरकारको सम्मान रहेको भन्दै आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिको तोडफोड गर्न भने नपाइने बताए।
Weather Update