News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
विभिन्न माग राख्दै नुवाकोटका किसान श्रीराम घिमिरे ९ दिनदेखि अनशनमा

काठमाडौं— नुवाकोटका किसान श्रीराम घिमिरे विभिन्न मागसहित अनशनमा बसेको आज ९ दिन पुगेको छ।  

कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने लगायतका माग राख्दै रत्नपार्कको शान्तीबाटिकामा आमरण अनशन बसेका हुन्। 

Prabhu Bank

पाँच बुँदे माग राख्दै पाँचौं पटक आमरण अनशन बसेका ककनी गाउँपालिका घर भएका घिमिरेको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ। घिमिरेको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको डा. निकोलस भुसालले बताए।

कृषिजन्य उत्पादनको समर्थन मूल्य निर्धारण गरि उत्पादनमा आवश्यक मल, बिउ, विजन र औजारहरुको पूर्ण अनुदानमा व्यवस्था गर्नुपर्ने घिमिरेको माग छ। 

त्यस्तै, परियोजनाका आधारमा ५० लाखसम्म एक प्रतिशत व्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, अनुदानलाई भूमि र भाडामा यातायातको सर्वशुलभता किसान कार्डको आधारमा दिनुपर्ने र पूर्व–पश्चिम नहर निर्माण अविलम्ब सुरु गर्नुपर्ने मागसहित उनी अनशन बसेका हुन्। 

कृषि सुधारको माग राख्दै घिमिरेले यही वैशाख १ गतदेखि आमरण अनशन सुरु गरेको भएपनि सरकारले अहिलेसम्म कुनै सुनुवाइ नगरेको अनशनस्थलमा रहेका अर्का किसान कुबेर गिरीले बताए। 

‘आज अनशन बसेको नौ दिन भइसक्यो। यो अनशन विशुद्ध किसानका लागि हो, कुनै व्यक्ति, संघ सस्थाको लागि होइन। युवा पलायन रोक्नको लागि सरकारले उठाएका मागहरु पूरा गर्न अति आवश्यक छ। तर सरकारले हामीलाई उपेक्षा गरेको छ। यदि हाम्रा मागहरु पुरा भएनन् भने  हामी आन्दोलनको अर्को चरणमा प्रवेश गर्न बाध्य हुनेछौं,’ गिरीले भने। 

अझै पनि सरकारले आफ्ना मागहरु सम्बोधन गरेन भने देशभरीका किसानहरुलाई बोलाएर सडक आन्दोलन चर्काउने र त्यसबाट आउने परिणामको जिम्मेवारी स्वयम सरकारले लिनुपर्ने गिरीको भनाइ छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १५:२७
Weather Update