News Griha :: न्यूजगृह
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने 
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने  महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा  मुख्यतया मौसम सफा रहने छ।  कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ। कोशी, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली  भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी...
महोत्तरी मटिहानीको आगलागी नियन्त्रणमा, १२५ घर जले
महोत्तरी मटिहानीको आगलागी नियन्त्रणमा, १२५ घर जले तीव्र हावा चलिरहेको बेला दिउँसो करिब २ बजे आगलागी भएको थियो। सो आगो ७ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।
टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेल पुर्पक्षका लागि कारागार चलान
टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेल पुर्पक्षका लागि कारागार चलान पौडेलविरुद्ध अख्तियारले वैशाख ९ मा २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले पौडेललाई मुद्दाको किनारा नलागेसम्मका लागि कारागारमा राख्न आदेश दिएको अख्तियारका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
महोत्तरीमा भीषण आगलागी 
महोत्तरीमा भीषण आगलागी  महोत्तरीमा भीषण आगलागी भएको छ। बुधबार दिउँसो मटिहानी नगरपालिका वडा नं–६ मा एक घरबाट सल्किएको आगोले गाउँमा भीषण रुप लिएको हो। आगलागीबाट सयौँ घर जलेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार हालसम्म १ सय भन्दा बढी घरहरु जलिसकेका छन्। मानवीय क्षति नभए पनि आगोले ठूलो रुप...
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्। गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिङ्गर भिजेका कारण केही समयसम्म डढेलोका घटनामा कमी आए पनि चर्को गर्मी बढेसँगै फेरि डढेलोका घटना बढ्न थालेका हुन्। 
त्रिपालको ओतमुनि तातोपानी कुण्डः बिरामीलाई सास्ती
त्रिपालको ओतमुनि तातोपानी कुण्डः बिरामीलाई सास्ती म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौंदेखि त्रिपालको ओतमुनि रहेको छ। तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीमा त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा जस्तापाताको छाना नहाल्दा त्रिपालको ओतमुनि बसेर बिरामीहरु तातोपानी कुण्डमा डुब्न वा स्नान गर्न बाध्य छन्।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन्। विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मंगलबार धरानबाट पक्राउ गरेको हो। 
पितृ सत्ताविरुद्ध पारिजातको योगदान अतुलनीयः पम्फा भुसाल
पितृ सत्ताविरुद्ध पारिजातको योगदान अतुलनीयः पम्फा भुसाल माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले विष्णुकुमारी वाइबा (पारिजात) साहित्यकार मात्र नभएर सामाजिक अभियन्ता र मानव अधिकारका लागि लड्ने एक योद्धा रहेकी बताएकी छिन्। 
‘द स्टेट अफ द वर्ड्स ह्युमन राइट्स’ प्रतिवेदन सार्वजनिक
‘द स्टेट अफ द वर्ड्स ह्युमन राइट्स’ प्रतिवेदन सार्वजनिक मानव अधिकार उल्लंघङका प्रवृत्ति र ढाँचामा परिवर्तन नआएको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ।एम्नेस्टी इन्टरनेशनलले आज १५५ देशहरूको मानवअधिकारको अवस्थाको मूल्यांकन सहितको आफ्नो वार्षिक प्रतिवेदन ‘द स्टेट अफ द वर्ड्स ह्युमन राइट्स’ सार्वजनिक गर्दै नेपालमा मानव अधिकार उल्लंघङका घटनाहरुमा संख्यात्मक रुपमा मात्रै कमि आएको जनाएको हो। 
नेपाल र कतारबीच के-के मा भयो समझदारी? 
नेपाल र कतारबीच के-के मा भयो समझदारी?  नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।  बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भेटवार्तापछि समझदारी भएको हो। नेपाल र कतारका प्रतिनिधिमण्डलबीच ६ वटा सरकारी स्तरका र २ वटा निजी क्षेत्रसँग सम्बन्धित समझदारीपत्रमा हस्ताक्षर भएको हो। कला संस्कृति,...
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जनालाई पक्राउ परेको छ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–४ बस्ने ३० वर्षीय हेमन्त विकलाई अवैध लागूऔषध ब्राउनसुगर १ सय ४० मिलिग्राम, २ थान मोबाइल, १ थान कैंचीसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 
अब नेपाल र कतारबीच समाचार सामग्री आदनप्रदान हुने 
अब नेपाल र कतारबीच समाचार सामग्री आदनप्रदान हुने  राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सी (क्युएनए) बीच समाचार सामग्री आदानप्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा आज दुवै देशका राज्यद्वारा सञ्चालित समाचार एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Weather Update