News Griha :: न्यूजगृह
गाउँघरमा पनि क्रिकेटको आकर्षण बढ्दै
गाउँघरमा पनि क्रिकेटको आकर्षण बढ्दै भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) को सरगर्मी सुदूर पहाडका दुरदराज गाउँमा पनि ह्वात्तै बढेको छ। परम्परागत खेलिने खेल विस्तारै ओझेलमा पर्दै गएपछि सहरतिर खेलिने फुटबल, बाँस्केटबल, क्रिकेट, ब्याडमिन्टनलगायत खेलप्रति बालबालिका आकर्षित देखिन थालेका हुन्।
विराटनगरको रानीमा दुई समूहबीच झडप
विराटनगरको रानीमा दुई समूहबीच झडप मोरङको विराटनगरस्थित रानीमा तनाव भएको छ। एक समूहले निकालेको मोटरसाइकल र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। 
भारतीय लोकसभा चुनावका कारण सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द
भारतीय लोकसभा चुनावका कारण सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन्। बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन्।
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ।
नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले छेडे १५औँ पटक जिब्रो 
नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले छेडे १५औँ पटक जिब्रो  रामनवमी पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन्। भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले आज १५औँ पटक जिब्रो छेडाएका छन्। उनले आफू विगत १५ वर्षदेखि निरन्तर बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने गरेको सुनाए। उनी जस्तै अन्य भक्तजनले पनि आज यहाँ...
वैवाहिक बन्धनमा बाँधिइन् गायिका एलिना चौहान 
वैवाहिक बन्धनमा बाँधिइन् गायिका एलिना चौहान  गायिका एलिना चौहान वैवाहिक बन्धनमा बाँधिएकी छिन्। बुधबार प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी हुन्। 
रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढ्यो
रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढ्यो नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ। रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ। 
सल्यान दुर्घटना अपडेटः २२ घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर 
सल्यान दुर्घटना अपडेटः २२ घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर  सल्यानमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्थामा गम्भीर रहेको छ। बुधबार दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर–२ ठिनबाङमा दुर्घटना भएको हो। 
सल्यानमा यात्रुबस दुर्घटना, थप विवरण आउन बाँकी 
सल्यानमा यात्रुबस दुर्घटना, थप विवरण आउन बाँकी  दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबस सल्यानको बागचौरमा दुर्घटना भएको छ। रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ।  
म्याग्दीको उपल्लो दुखुमा पोल गाडेको चार वर्षपछि बिजुली बल्यो
म्याग्दीको उपल्लो दुखुमा पोल गाडेको चार वर्षपछि बिजुली बल्यो म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको छ। नेपाल विद्युत प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने प्रशारण लाइन, ३३/११ केभी क्षमताको रातोढुंगा सबस्टेशन र दुखुलगायत आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न २०७४ सालमा काम सुरु गरेको थियो। विस २०७६ मा पोल...
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको  हो।
वीरगञ्जमा शोभायात्रासहित रामनवमी मनाइँदै
वीरगञ्जमा शोभायात्रासहित रामनवमी मनाइँदै रामजानकी मन्दिर तदर्थ समितिको आयोजनामा मुलुकका अन्य ठाउँमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीमा रहेको रामजानकी मन्दिरमा पनि आज बिहान धार्मिक कार्यक्रमसहित रामनवमी एवं शोभायात्रा महोत्सव आयोजना गरिएको हो।
Weather Update