News Griha :: न्यूजगृह
प्रधानमन्त्रीसँग माडीबासीको गुनासोः तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो
प्रधानमन्त्रीसँग माडीबासीको गुनासोः तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो चितवनको माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन्। सिंहदरबारमा आज प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरबासीले भोग्नुपरेका समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन्।
दाङमा आगलागीबाट एक वृद्धको मृत्यु
दाङमा आगलागीबाट एक वृद्धको मृत्यु दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला  प्रहरीले  कार्यालयले दाङले जनाएको छ।
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः उद्योगमन्त्री भण्डारी
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः उद्योगमन्त्री भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन्।
सुप्रिम सहकारी ठगी प्रकरणः ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश 
सुप्रिम सहकारी ठगी प्रकरणः ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश  अदालतले बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका ओम प्रकाश गुरुङलाई पुर्पपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 
दिपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतको आदेश 
दिपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतको आदेश  बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत रुपन्देहीले सो आदेश दिएको हो। जिल्ला अदालतका न्यायाधीश डा. दिपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। 
महानगरको निजी विद्यालयलाई निर्देशन- एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु
महानगरको निजी विद्यालयलाई निर्देशन- एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ। महानगरपालिकाभित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने निर्देशका रहेको स्पष्ट गर्दै महानगरले सोभन्दा बढी लिए कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको  हो।
प्रधानमन्त्रीपछि राष्ट्रपति पौडेलसँग भेटेर विपिनको छिटो उद्धार गरिदिन परिवारको आग्रह 
प्रधानमन्त्रीपछि राष्ट्रपति पौडेलसँग भेटेर विपिनको छिटो उद्धार गरिदिन परिवारको आग्रह  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा हमासको आक्रमणापछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको परिवारले सकुशल उद्धारका लागि पहल गर्न आग्रह गरेका छन्। 
चीनबाट आयात भएको रासायनिक मल काठमाडौं ढुवानी
चीनबाट आयात भएको रासायनिक मल काठमाडौं ढुवानी चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौंतर्फ धमाधम ढुवानी भइरहेको छ । 
पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। 
७ महिनादेखि विपिन जोशीको अवस्था अज्ञात, उद्धारको पहल गरिदिन प्रधानमन्त्रीलाई परिवारको आग्रह
७ महिनादेखि विपिन जोशीको अवस्था अज्ञात, उद्धारको पहल गरिदिन प्रधानमन्त्रीलाई परिवारको आग्रह हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको छ।शुक्रबार बिहान बालुवाटारमा जोशीका बुवा–आमासहितको टोलीले भेटेर विपिनको रिहाइका लागि थप पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको हो।
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु दुर्घटनामा दोलखा भीमेश्वरका मानबहादुर थामी र शिव श्रेष्ठको मृत्यु भएको र एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए।
कक्षा १२ को परीक्षा केन्द्र निर्धारण अब स्वचालित विधिद्वारा हुने
कक्षा १२ को परीक्षा केन्द्र निर्धारण अब स्वचालित विधिद्वारा हुने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीलाई दुःख दिने नियतबाट अब केन्द्र निर्धारण नगर्न निर्देशन दिएपछि बोर्डले नयाँ थालनी गर्न लागेको हो।
Weather Update