News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
पारिवारिक रिसिइबीका कारण ३ वर्षीया बालिकाको हत्या, छिमेकी आमाछोरी पक्राउ 

गोलबजार– सिरहामा तीन वर्षीया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  

सिरहा नगरपालिका—१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षीया सोनादेवी र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ। 

Prabhu Bank

घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान धनिकलाल यादव भने फरार रहेका छन्। 

गत बुधबार बिहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रबार राती छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए। 

दुई परिवारबीच घरायसी झगडाहुँदै आएकाले सोही रिसिइबीका कारण बालिकाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:२१
राजनीति
विशेष
Weather Update