News Griha :: न्यूजगृह
कांग्रेस सांसद दीपक खड्काले हडपेको स्काउटको जग्गा सिल
कांग्रेस सांसद दीपक खड्काले हडपेको स्काउटको जग्गा सिल सङ्खुवासभाबाट निर्वाचित सांसद खड्कालाई स्काउटलाई फिर्ता गर्नु भनी पाटन उच्च अदालतले दुई वर्षअघि फैसला गरेको थियो। अदालतको फैसलासमेत नमानेको भन्दै स्काउटले जग्गा तथा भवन फिर्ता गराउन राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृहमन्त्री, खेलकुदमन्त्री, सबै सांसद, संसदीय समितिहरू, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत राज्यका सबैजसो निकायलाई पत्राचार गरेर हारगुहार गराइएको थियो। अझ,...
जहाजभित्रै भेटियो बेवारिसे अवस्थामा एक किलो सुन
जहाजभित्रै भेटियो बेवारिसे अवस्थामा एक किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाजको सिट पछाडिको पकेट भित्र १ किलो सुन फेला परेको छ। भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको इन्डिगो एअरको सिट पकेटमा बेवारिसे अवस्थामा उक्त सुन फेला परेको हो। बुधबार बिहान जहाज अवतरणपछि पार्किङ भएको जहाजमा १ किलो ७० ग्राम सुन फेला परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका...
यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु
यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु यूएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो।यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ। पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ।
नवनियुक्त महालेखा परीक्षक रायले लिए शपथ
नवनियुक्त महालेखा परीक्षक रायले लिए शपथ नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिएका छन्। 
राष्ट्रपति चुरे कार्यक्रमका एक अधिकृत घुस लिँदालिँदै पक्राउ
राष्ट्रपति चुरे कार्यक्रमका एक अधिकृत घुस लिँदालिँदै पक्राउ राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका एक अधिकृत घुस लिँदालिँदै पक्राउ परेका छन्।
वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने
वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो संशोधन खारेज गरेको छ। बिहीबार मन्त्रिस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो संशोेधन खारेज गरिएको हो।
भोलि मनकामना केबलकार बन्द हुने
भोलि मनकामना केबलकार बन्द हुने मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ।
सल्यान बस दुर्घटना: गम्भीर घाइते एकको मृत्यु
सल्यान बस दुर्घटना: गम्भीर घाइते एकको मृत्यु सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ।
जनकपुरमा जलेको अवस्थामा युवतीको शव फेला, अर्धचेत अवस्थामा भेटिएकी बालिकाको पनि मृत्यु 
जनकपुरमा जलेको अवस्थामा युवतीको शव फेला, अर्धचेत अवस्थामा भेटिएकी बालिकाको पनि मृत्यु  धनुषाको जनकपुरमा जलेको अवस्थामा एक युवतीको शव फेला परेको छ। बुधबार राति ८ बजेको समयमा जनकपुर उपमहानगरपालिका—१७ पुल्चोकस्थित एक पोखरीको डिलमा ती युवतीको शव जलेको अवस्थामा फेला परेको हो। 
बागमतीसहित गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
बागमतीसहित गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना देशका केही भूभागमा बिहीबार वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको...
सातदोबाटो–बालकुमारी सडक भोलिदेखि रातको समय बन्द हुने
सातदोबाटो–बालकुमारी सडक भोलिदेखि रातको समय बन्द हुने ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि वैशाख ६ देखि ११ गतेसम्म सडक बन्द गरिने भएको हो। यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ।
आत्मकथा बेचेर महावीर पुनले आर्जन गरे पाँच करोड रुपैयाँ
आत्मकथा बेचेर महावीर पुनले आर्जन गरे पाँच करोड रुपैयाँ गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक लिएर विभिन्न जिल्लामा बिक्रीका लागि पुगेका पुनले पछिल्लो १०० दिनमा ८४ हजार प्रति पुस्तक बिक्री भएको जानकारी गराएका छन्।
Weather Update