News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कस्तो छ आजको मौसम ?

काठमाडौं— हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारण बदली तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागमा  आंशिक बदली रही देशको बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ |  

Prabhu Bank

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

लुम्बिनी  प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

त्यस्तै राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०६:२९
Weather Update