News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
२६ वर्षपछि पक्राउ परे बेचबिखन मुद्दाका दोषी  

त्रिशूली— मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ का जङ्गबहादुर तामाङ (राम) लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ। 

नुवाकोटकी एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै मकवानपुर जिल्ला अदालतबाट ९ वर्ष ७ महिना १० दिन कैद सजाय तोकिएका तामाङलाई नुवाकोट प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

Prabhu Bank

विशेष सूचनाका आधारमा उनलाई जिल्लाको तादी गाउँपालिका–४ सातबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

उनका अनुसार मकवानपुर जिल्ला अदालतले तामाङलाई विसं २०५५ माघ १९ मा ९ वर्ष ७ महिना १० दिनको कैद सुनाएको थियो। उक्त फैसला हुनुअघि देखि नै फरार रहँदै आएका उनलाई शुक्रबार पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि आज जिल्ला कारागार चलान गरिएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:५२
Weather Update