News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग

काठमाडौं— शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ। 

शनिबार सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, अपांगता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेसमा बसोबास गर्ने मधेसी, आदिवासी जनजाती, लगायतका विभिन्न समूहमा विज्ञापनद्वारा शिक्षक माग गरिएको हो। 

Prabhu Bank

बागमती प्रदेशमा सबैभन्दा धेरै एक हजार १०३, कोशीमा १ हजार ०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५,  सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आयोगले आवेदन खुलाएको छ। 

योग्यता पुगेका इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुरमा भने जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १३:२०
Weather Update