News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक प्रहरी नियन्त्रणमा
फाइल तस्बिर।

काठमाडौं— काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन (लापसे)गरी सवारी साधन चलाएका ६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

प्रहरीले शुक्रबार नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी माइक्रोबस चलाउने ४ जना सहित एक बस चलक र ना ६ ख ६१२७ नम्बरको ट्रकका चालक ३१ वर्षीय भिमसेन कोइरालालाई नियन्त्रणमा लिएर कारबाही गरेको हो। 

Prabhu Bank

पक्राउ पर्ने माइक्रो चालकमा बागमती प्रदेश–०१–०२९ च २८११ नम्बरको निजि माइक्रो बसका चालक २७ वर्षीय नरेश थापा, बागमती प्रदेश–०१–००४ क ३०३२ नम्बरको निज माइक्रो बसका चालक २७ वर्षकै सुरज रम्तेल, बा २ ख ७४७ नम्बरको भाडा माइक्रो बसका चालक २२ वर्षीय सुमन खड्का रहेका छन्।

यस्तै, बा ५ ख ९४२ नम्बरको भाडाको माइक्रो बसका चालक ३१ वर्षीय दल बहादुर राना र ना ८ ख १५७५ नम्बरको भाडाका बस चालक ४२ वर्षीय लोकराज केसीलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूलाई नियन्त्रणमा लिई  आवश्यक कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए।

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने र सो कार्य कानून विपरित भएकाले प्रहरीले आफू सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरी सवारी चलाएको शंका लागेमा ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न सबैलाई आग्रह गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०९:४०
Weather Update