News Griha :: न्यूजगृह
रेशमको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश 

काठमाडौं— नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले मिसिल कागज झिकाउन आदेश दिएको छ। 

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले रेशमले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको हो।

रेशमले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए। 

गत पुस २७ गते कैलालीको टिकापुरमा भएको महाधिवेशनले रेशमलाई अध्यक्षमा निर्वाचित गरे पनि निर्वाचन आयोगले विभिन्न कारण देखाउँदै रेशमको अध्यक्षतालाई वैधानिकता नदिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए। 

रेशमले गत चैत २३ गते आयोग र रञ्जितालाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए। 

वैशाख १८ गते अर्को पेसी तोकिएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १६:५६
Weather Update