News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
महोत्तरी मटिहानीको आगलागी नियन्त्रणमा, १२५ घर जले

महोत्तरी— मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ। 

तीव्र हावा चलिरहेको बेला दिउँसो करिब २ बजे आगलागी भएको थियो। सो आगो ७ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवराम गेलालले जानकारी दिए।

Prabhu Bank

उनका अनुसार आगलागीबाट मटिहानीमा करिब १२५ घर जलेका छन्। घटनासम्बन्धी विस्तृत विवरण बिहीबारसम्म मात्रै थाहा पाउन सकिने उनको भनाइ छ। प्रजिअ गेलालले बिहीबार जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बस्ने तथा सो बैठकमा मटिहानी आगलागी घटनाबारे सर्वपक्षीय छलफल गरिने बताए।

घरबारविहीन बनेका मटिहानीका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले तत्काल त्रिपाल लगायतका राहत सामग्री प्रदान गरेको छ।

बस्तीभरी फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय सुरक्षाकर्मीसहित स्थानीयको सहयोगमा आगो निभाइएको हो।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०६:०७
Weather Update