News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
अब नेपाल र कतारबीच समाचार सामग्री आदनप्रदान हुने 

काठमाडौं— राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सी (क्युएनए) बीच समाचार सामग्री आदानप्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा आज दुवै देशका राज्यद्वारा सञ्चालित समाचार एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
 
कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष उपस्थितिमा दुई देशका समाचार एजेन्सीबीच समाचार आदन–प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी  सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिए। 

Prabhu Bank

राससले उत्पादन गरेका समाचार क्युएनएमार्फत कतारका सञ्चारमाध्यमले र क्युएनएले उत्पादन गरेका समाचार राससमार्फत विभिन्न सञ्चारमाध्यमलाई प्रयोग गर्न सहज भई दुबै देशका जनता लाभान्वित हुनेछन्।

रासस विसं २०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित नेपालको एकमात्र समाचार एजेन्सी हो। यसैगरी क्युएनए सन १९७५ मे २५ मा स्थापना भएको कतारद्वारा सञ्चालित कतारको समाचार एजेन्सी हो।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १३:४९
Weather Update