News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपालमै बन्यो दाँत कोट्याउने सिन्का बनाउने मेसिन 

काठमाडौं—नेपालमा दाँत कोट्याउने सिन्का (टूथपिक) बनाउने मेसिन बनेको छ। 

काठमाडौंको कीर्तिपुरमा रहेको राष्ट्रिय आविश्कार केन्द्रले दाँत कोट्याउने सिन्का बनाउने मेसिन बनाएको हो। 

Prabhu Bank

राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनले उक्त मेसिन नेपालमा नै बनेको र त्यसको मूल्य १८ लाख (भ्याटबाहेक) पर्ने बताए। 

भारतबाट ढुनावी हुने गरेको मेसिनको मूल्य २५ लाख पर्ने दाबी गर्दै नेपालमा किन्दा सस्तो पर्ने बताए। 

 त्यस्तै उक्त मेसिनमा एक वर्षको ग्यारेन्टी रहेको समेत बताए।  

नेपालमा टूथ पिक बनाउने उद्योग नहुँदा वर्र्षौँनी करोडौँ मूल्य बराबरको दाँत कोट्याउने सिन्का आयात गर्ने गरिएको थियो। नेपालमा छिमेकी देश भारत, चीन र थाइल्याण्डबाट सिन्का आयात हुँदै आइरहेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:५५
Weather Update