News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आन्दोलनमा भएको क्षतिको जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं— काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको छ। 

गत चैत २७ गते राप्रपाले गरेको जनप्रदर्शनको क्रममा काठमाडौं महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको भन्दै महानगरले जरिवाना तिराउने निर्णय गरको हो।

Prabhu Bank

काठमाडौं महानगरले राप्रपालाई फोहोरमैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले सोही अनुरूप जरिवाना गरेको जनाएको छ।

महानगरको बैंक खाता समेत उल्लेख गरेर सो अनुसारको जरिवाना तिर्न महानगरले राप्रपालाई पत्र पठाएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २०:१०
Weather Update