News Griha :: न्यूजगृह
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर आंशिक बदली रहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ।
बालेनको व्यंग्य- अरुलाई के भनम्, म आफै खराब छु ! 
बालेनको व्यंग्य- अरुलाई के भनम्, म आफै खराब छु !  काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कवितात्मक व्यंग्य लेखेका छन्।उनले लेखेको कविताले अहिले व्यवस्था विरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई व्यंग्य गरेको बुझ्न सकिन्छ। 
भारतमा गाडी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु भारतको उत्तराखण्डस्थित नैनितालमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो। 
यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
गायक निशान र मोडल ऋचाले गरे सम्बन्धविच्छेद 
गायक निशान र मोडल ऋचाले गरे सम्बन्धविच्छेद  गायक निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धविच्छेद भएको छ। काभ्रे जिल्ला अदालतले सम्बन्धविच्छेदको आदेश दिएको हो। 
काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर 
काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर  काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। विश्वभर वायु प्रदूषणको अवस्था मापन गर्दै आएको स्विट्जरल्यान्डस्थित आईक्यूएयरका अनुसार काठमाडौं वायु प्रदूषणको दृष्टिले विश्वकै तेस्रो स्थानमा पुगेको छ।विश्वमै अस्वस्थकर वायुको पहिलो स्थानमा भारतको नयाँदिल्ली छ भने दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई शहर छ।चीनको बेइजिङ विश्वकै प्रदूषित शहरको सूचीको १५औँ नम्बरमा छ। 
९ महिनामा लेक लागेर मुस्ताङमा २ नेपालीसहित ८ जनाको मृत्यु 
९ महिनामा लेक लागेर मुस्ताङमा २ नेपालीसहित ८ जनाको मृत्यु  समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा अक्सिजनको कमीले स्याँ स्याँ हुने, टाउको दुख्ने, वाकवाकी हुने, रिङ्गटा लाग्ने, आँखा धमिलो हुने, निद्रा नलाग्ने, खान मन नलाग्ने, फोक्सो सुन्निने, स्मरण शक्ति हराउँदै जाने र सास फेर्न गाह्रो हुन्छ। प्रहरीले म्याग्दीको सिमानामा रहेको घाँसामा पनि पर्यटक र तीर्थयात्रीलाई अक्सिजनको कमीका...
समुद्रमा डुबेर पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
समुद्रमा डुबेर पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो। सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्। दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले राससलाई जानकारी दिए। बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले...
भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारबाही
भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारबाही ‘चैत २४ गते काठमाडौं, भद्रकाली (निषेधित क्षेत्र) मा प्रहरी कर्मचारीद्वारा एक भिक्षुमाथि भएको दुर्व्यवहारको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। साथै, उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइ सकिएको व्यहोरा समेत जानकारी गराउँछौ,’ प्रहरी मुख्यालयले जारी गरेको सूचनामा भनिएको छ।
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ। सोमबार दिउँसो कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी...
बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने बाध्यताबाट मटिहानीका गृहिणीले पाए राहत
बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने बाध्यताबाट मटिहानीका गृहिणीले पाए राहत सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन्।मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र चुल्होसमेत) र त्यो बाल्ने सीप सिकेपछि राहतको अनुभूति गरेका हुन्। मटिहानी नगरक्षेत्रका विपन्न दुई हजार गृहिणीलाई शनिबार निःशुल्क चुल्हो वितरण गरिएको हो।
बसको ठक्करबाट ड्युटीमा खटिएका ट्राफिक प्रहरीको मृत्यु
बसको ठक्करबाट ड्युटीमा खटिएका ट्राफिक प्रहरीको मृत्यु मृतक यादवको शव पोस्टमार्टको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको इन्स्पेक्टर गुरुङले जानकारी दिए। झण्डै नौ वर्ष प्रहरी सेवामा बिताएका यादवको घर पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुरमा छ। 
Weather Update