News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एन्फा उपाध्यक्ष दावा जोडिएको ब्राउन सुगर प्रकरण के हो?, यस्तो छ अदालतसमक्ष गरेको बयान

काठमाडौं— लागूऔषध खैरो हिरोइन मुद्दामा दोषी ठहर भइ फरार सूचीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दावालाई काठमाडौंबाट पक्राउ गरेको हो। झन्डै १७ वर्षअघि भएको फैसलामा ५ वर्ष सजाय भए पनि उनी पक्राउ पर्न सकेका थिएनन्। यहीबीचमा उनी एन्फामा छिरेका थिए।

प्रहरीको टोलीले २०६१ साउन ८ गते लामालाई ५ ग्राम ब्राउन सुगरसहित बालाजुबाट पक्राउ गरेको थियो। त्यसको एक महिनापछि जिल्ला अदालतले लामालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

२०६२ जेठ १० गते जिल्ला अदालतले लामालाई ६ महिना मात्र कैद सजाय गरेपछि उनी छुटेका थिए। फैसला हुँदा उनी झन्डै १० महिना जेल बसिसकेका थिए।

Prabhu Bank

तर जिल्ला सरकारी वकिल कार्यालय अदालतको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेको थियो। तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लामालाई जिल्लाको फैसला संशोधन गर्दै कैद सजाय ५ वर्ष पुर्‍याएको थियो। उक्त फैसलाविरुद्ध लामा सर्वोच्च अदालत नगएपछि त्यही सजाय अन्तिम ठहर हुन पुगेको थियो। 

यस्तो छ दावाले अदालतसमक्ष गरेको बयानको सारांश  
म बाट लागू औषध बरामद भएको होइन। म मेरो साथी नवीन लामासँग वनस्थलीमा खाजा खान गएको थिएँ। निजसँग लागूऔषध खैरो हेरोइनको प्याकेट रहेछ। उक्त कुरा थाहा पाई प्रहरी त्यहाँ आई निजलाई पक्राउ गरी लागूऔषध बरामद गरी निजलाई कुटपिट गरि छाडी दिए र मलाई समाते। प्रहरी समक्ष गरेको बयान मेरो होइन। जबरजस्ती झूटा व्यहोरा लेखिएको कागजमा सहीछाप गराएका हुन्। मलाई पढ्नसमेत दिइएन। लागूऔषध कारोबारमा मेरो कुनै संलग्नता नै नभएको हुँदा मलाई सजाय हुनु पर्ने होइन।

 दावाले अदालतसमक्ष गरेको बयान पढ्नुहोस्:  

dawa_bayan1-1713358960.jpg

dawa_bayan1i-1713358960.jpg

dawa_bayan2-1713358961.jpg

dawa_bayan3-1713358962.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १८:५५
Weather Update