News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सातदोबाटो–बालकुमारी सडक भोलिदेखि रातको समय बन्द हुने

काठमाडौं— ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ।

ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि वैशाख ६ देखि ११ गतेसम्म सडक बन्द गरिने भएको हो। यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ।

Prabhu Bank

ग्वार्को चोकमा २०७९ को मंसिरदेखि फ्लाइओभर निर्माण सुरु भएको थियो। दुई वर्षमा बनाइसक्ने गरी २०७८ फागुनमा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो।

तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  २१:२९
Weather Update