News Griha :: न्यूजगृह
विद्यार्थी नभएपछि एकै गाउँपालिकाका २५ सामुदायिक विद्यालय बन्द
विद्यार्थी नभएपछि एकै गाउँपालिकाका २५ सामुदायिक विद्यालय बन्द काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन्। पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन्भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द भएका हुन्। 
पर्यटकलाई लक्षित गर्दै नयाँ वर्षमा ‘फेवा नववर्ष’ महोत्सव
पर्यटकलाई लक्षित गर्दै नयाँ वर्षमा ‘फेवा नववर्ष’ महोत्सव नयाँ वर्षका अवसरमा ‘पर्यटन, संस्कृति र खाना’ को नारासहित पोखराको फेवाताल किनारमा फेवा नव वर्ष महोत्सवको १९ औँ संस्करण हुने भएको छ ।होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको हो। 
डढेलो नियन्त्रण नगर्ने सामुदायिक वनको सुविधा रोकियो
डढेलो नियन्त्रण नगर्ने सामुदायिक वनको सुविधा रोकियो शुक्लाफाँटा नगरपालिकामा वन डढेलो नियन्त्रणसम्बन्धी योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनहरूको सेवा सुविधामा रोक लगाइएको छ।नगरपालिकाको वडा नं ८ कार्यालयले डढेलो नियन्त्रणको योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनको सेवा सुविधामा रोक लगाउने निर्णय गरेको हो। डढेलो लागेर हुने क्षति घटाउन सामुदायिक वनलाई जिम्मेवार बनाउन वडा कार्यालयले यस्तो निर्णय गरेको...
नगरवासीलाई ‘लु’बाट जोगाउन ‘कुलिङ सेन्टर’
नगरवासीलाई ‘लु’बाट जोगाउन ‘कुलिङ सेन्टर’ अत्यधिक गर्मी हुने शहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ।वागीश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुलिङ सेन्टर निर्माण थालिएको हो।  तातो हावा ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको छ। नेपालगञ्जको बसपार्क, धम्बोझी र रामलीला मैदान क्षेत्रमा पनि...
नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा 
नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा  नेपालमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरिएको छ। नेपाल पर्यटन बोर्ड र यूएसएडले संयुक्त रुपमा यस्तो अभियान सुरु गरेको घोषणा गरे।सोमबार साँझ काठमाडौंमा एक समारोहको आयोजना गरी अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु गरिएको हो। सामाजिक संजालको अधिक प्रयोग गरी नेपालको पर्यटनका सम्भावना र आकर्षणलाई विश्वव्यापी प्रचार...
तनहुँमा ८ फिट लामो अजिङ्गरको उद्धार
तनहुँमा ८ फिट लामो अजिङ्गरको उद्धार तनहुँको व्यास नगरपालिका–१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको आज उद्धार गरिएको छ। डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो।
१३ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने युवक पक्राउ
१३ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने युवक पक्राउ प्रहरीले १३ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ।प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
हत्या घटनामा संलग्न रहेको आरोपमा रामेछापको दोरम्बा–३ का वडासदस्य पक्राउ
हत्या घटनामा संलग्न रहेको आरोपमा रामेछापको दोरम्बा–३ का वडासदस्य पक्राउ पक्राउ परेका वडा सदस्य थापा मगरलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछापको जिम्मा लगाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । गत असार २० मा दोरम्बा सल्लेनी भीरमा ४१ वर्षीय रामेछापकै गणेश पाठकको शव भेटिएको थियो। शव फेला परेपछि हत्या भएको किटानी गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो। 
हुन्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ 
हुन्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ  प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा एक हजार दरका एक हजार चार सय ५४ थान, पाँच सय दरका छ सय २२ थान, एक सय दरका एक सय नौ थान, ५० को एक थान र २० को एक थान नेपाली नोट बरामद गरेको हो। पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको...
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल प्रतिभा प्रदर्शन गर्दै बौद्धिक उपलब्धि हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। 
कैदी मृत्यु प्रकरणः कारागारलाई यातनामुक्त बनाउन माग 
कैदी मृत्यु प्रकरणः कारागारलाई यातनामुक्त बनाउन माग  सुनसरीको झुम्का कारागारभित्र एक कैदीको मृत्यु भएपछि अन्य कैदीले कारागारलाई यातनामुक्त बनाउनुपर्ने माग गरेका छन्।शनिबार बिहान कर्तव्य ज्यान मुद्दाअन्तर्गत कैद भुक्तान गरिरहेका खोटाङको साकेला गाउँपालिका घर भई इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका ४२ वर्षीय न्यायाधीश राई करागारभित्र मृत भेटिएका थिए।
Weather Update