News Griha :: न्यूजगृह
नेपाल प्रहरीका डीआईजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

काठमाडौं— नेपाल प्रहरीका दुई जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ। गएराति प्रकाशित बढुवा सूची अनुसार बढुवा सिफारिस हुनेमा उमेशराज जोशी र भिमप्रसाद ढकाल छन्।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय मिरा चौधरी र सन्दीप भण्डारी यसै सात अवकाशमा जाँदै छन्। भण्डारी आजबाट र चौधरी वैशाख ६ बाट अवकाशमा जान लागेका हुन्।

सो रिक्त पदमा दुई जनालाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

यसैबीच, प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआईजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ। बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल छन्।

मन्त्रिपरिषद्ले अर्याल र गुरुङलाई बढुवा गर्ने गरी केही दिनअघि विशेष पद सिर्जना गरेको थियो। अर्याल नेपाल प्रहरीका साइबर विज्ञ पनि हुन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०६:३६
Weather Update