उच्च अदालतले मगायो गौशाला-२६ को जन्मदर्ता प्रमाणपत्रसोमबार, वैशाख ३, २०८१

घरबाट हराएको तीन दिनपछि जब चप्पल र झोला भेटियो... सोमबार, वैशाख ३, २०८१ गत शनिबार घरबाट निस्केपछि उनी फर्किएका थिएनन् । नफर्केपछि परिवारले उनको खोजी गरिरहेको थियो। घरदेखि करिब ३ सय मिटर तल पुनले लगाएकामध्ये एउटा चप्पल र कालो रङको झोला भेटिएपछि खोजी सेती नदीको खोंचमा गरिएको थियो।

छुरा प्रहार गरी धनजितकाे हत्या, तीन जना पक्राउ सोमबार, वैशाख ३, २०८१ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीन युवा पक्राउ परेका छन्। शनिबार राति करिब ८ बजे स्थानीय भीमबहादुर बस्नेतको मकैबारीमा छुरा प्रहार गरी धनजितको हत्या गरेर फरार भएको आरोपमा सोही ठाउँका २२ वर्षीय विकास राई, १८ वर्षीय आशन राई...

राष्ट्रिय सम्मेलनको तयारीमा नेपाल बार, अध्ययन कार्यदल बनाइयो सोमबार, वैशाख ३, २०८१ उनले भने, ‘सर्वोच्च अदालतका न्यायाधीशको कार्यकाल सात वर्षको रहनेगरी व्यवस्था गर्नुपर्ने साथै न्यायपालिकामा हुनसक्ने विकृति, विसंगती, अनियमितता र भ्रष्टाचार एवम विचौलियाबाट हुनसक्ने क्रियाकलापहरुको रोकथाम हाम्रो मुख्य लक्ष्य हो। र राष्ट्रिय सम्मेलनमा न्यायपालिकाको पुनर्संरचनाको एजेण्डा अगाडि बढाउनु पर्छ भन्ने मान्यताका साथ वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको संयोजकत्वमा एउटा अध्ययन तथा सुझाव कार्यदल...

प्रधानमन्त्री प्रचण्डले गरे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’ सोमबार, वैशाख ३, २०८१ नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले केहीबेरअघि सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन्। सुरुङ मार्गभित्रै विशेष कार्यक्रम आयोजना गरिएको थियो। सो क्रममा प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका हुन्। उक्त सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप १ वर्ष लाग्ने जनाइएको छ। मुख्य सुरुङ गत फागुन २३...

निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान सोमबार, वैशाख ३, २०८१ गिरीलाई उनकी पत्नी आरतीले वैवाहिक बलात्कार भएको भन्दै मुद्दा दायर गरेकी थिइन्। त्यसअघि नै जिल्ला अदालत र उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएकोमा उक्त फैसलालाई बदर गर्दै सर्वोच्चले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक: प्रमुख आयुक्त थपलिया सोमबार, वैशाख ३, २०८१ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार आउनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा निर्वाचन आयोग र ‘युएन वुमन’द्वारा सोमबार आयोजित ‘निर्वाचन र महिलाः नेपालका प्रयास, उपलब्धि र आगामी कार्यदिशा’ विषयक अन्तरक्रियाको उद्घाटन सत्रमा प्रमुख आयुक्त थपलियाले कानुनले बाध्यकारी मानेका...
-1713160638.jpg)
राप्रपाको आन्दोलनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको निधन सोमबार, वैशाख ३, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको आन्दोलनमा घाइते भएका नेता ठाकुरप्रसाद डाँगीको निधन भएको छ। उनको उपचारको क्रममा सोमबार सैनिक अस्पताल छाउनीमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले न्यूजगृहलाई जानकारी दिए।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुँदै, प्रधानमन्त्री पुग्दै सोमबार, वैशाख ३, २०८१ मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्वपूर्ण मानिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ (छिचोलिने) भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार साढे १२ बजे सुरुङमार्गको ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप १ वर्ष लाग्ने आयोजनाले जनाएको छ।...

सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, कुन तरकारी कतिमा हुँदैछ किनमेल? सोमबार, वैशाख ३, २०८१ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला १६०, नेपाली मेवा ८० चुकन्दर ६० र आभोकाडो ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

इजरायलमा नेपाली सुरक्षित छन्?, दूतावास के भन्छ? सोमबार, वैशाख ३, २०८१ इजरायलस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेको दाबी गरेको छ। नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको दूतावासले बताएको छ। दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा र हावाहुरी सोमबार, वैशाख ३, २०८१ विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।

कुख्यात अपराधी शेख नुरुल्लाह रौतहटबाट पक्राउ आइतबार, वैशाख २, २०८१ रौतहट प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटमा आइतबार पत्रकार सम्मेलन गरि रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर १ घर भएका ५२ वर्षीय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरेको हो।