News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डले गरे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’

काठमाडौं— नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालले केहीबेरअघि सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन्।  

सुरुङ मार्गभित्रै विशेष कार्यक्रम आयोजना गरिएको थियो। सो क्रममा प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका हुन्। 

उक्त सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप १ वर्ष लाग्ने जनाइएको छ। मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो। १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइ लगायत नयाँ पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारेका थिए।

nagdhunga_breakthrough_1-1713171329.jpg
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयबीच ९ बुँदे सहमति पछि चैत ६ देखि निर्माण सुरु भएको थियो। नागढुंगा सुरुङ मार्गको मुख्य लम्बाइ २६ सय ६६ मिटर छ। सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेटमा नै धादिङको सिस्ने खोला पुगिनेछ। मुख्य सुरुङ २ दशमलव ६८८ किमि र आपतकालीन सुरुङको दूरी २ दशमलव ५५७ किमि छ। आपतकालीन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ। 

करिब साढे ४ वर्ष अघि काठमाडौंको बलम्बु र धादिङको सिस्ने खोला जोड्ने सुरुङ मार्ग निर्माण सुरु गरिएको थियो। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:२५
Weather Update