News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
घरबाट हराएको तीन दिनपछि जब चप्पल र झोला भेटियो...

पोखरा— घरबाट हराएका एक युवकको शव तीन दिनपछि सोमबार सेती नदीमा फेला परेको छ। कास्कीको माछापुच्छ्रे–१ करूवाका २५ वर्षीय जगत पुन मृत फेला परेका हुन्। 

गत शनिबार घरबाट निस्केपछि उनी फर्किएका थिएनन् । नफर्केपछि परिवारले उनको खोजी गरिरहेको थियो। घरदेखि करिब ३ सय मिटर तल पुनले लगाएकामध्ये एउटा चप्पल र कालो रङको झोला भेटिएपछि खोजी सेती नदीको खोंचमा गरिएको थियो।  

Prabhu Bank

वडा प्रहरी कार्यालय बगर, सशस्त्र र नेपाली सेनाको उद्धार टोलीले करिब १५० मिटरको खोंचमा खोजी गर्दा उनको शव सेती नदीमा ३ मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

शव पोष्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:४९
Weather Update