इलाममा मदिरा बिक्री–वितरणमा रोकशनिबार, वैशाख १, २०८१

काठमाडौंमा स्कुटर दुर्घटना, एकको मृत्यु शनिबार, वैशाख १, २०८१ काठमाडौं महानगरपालिका–३२ कोटेश्वर मुनिभैरव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।

डोल्पा आगलागीमा गम्भीर घाइते भएका तीनै बालकको मृत्यु शनिबार, वैशाख १, २०८१ आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा शनिबार मृत्यु भएको प्रजिअ दाहालले बताए ।

बाँकेमा १६ सीमा स्तम्भ हराए शनिबार, वैशाख १, २०८१ बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपालभारत सीमा स्तम्भ हराएका छन्। बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए।

कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र शनिबार, वैशाख १, २०८१ भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ।

ठमेल र दरबारमार्ग आजदेखि चौबीसै घण्टा खुला शनिबार, वैशाख १, २०८१ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए। उनले आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताए।

२०८१ सालको वार्षिक राशिफल, यी राशि रहनेछन् भाग्यशाली शनिबार, वैशाख १, २०८१ २०८१ सालको वार्षिक राशिफल, यी राशि रहनेछन् भाग्यशाली

नयाँ वर्षको पहिलो दिन आज कस्तो रहला मौसम? शनिबार, वैशाख १, २०८१ जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

भाइको हत्या गरेर फरार दाजु ९ वर्षपछि पक्राउ शुक्रबार, चैत ३०, २०८० शीतगङ्गा नगरपालिका-१२ रजियाका राजन भुसालको हत्या गरेको आरोपमा उनकै दाजु जनकराज भुसाललाई प्रहरीले पक्राउ गरेको हो। ९ वर्षअघि भाइ राजनको हत्या गरेर जनकराज फरार थिए।

ठमेल र दरबारमार्गपछि नयाँ बसपार्क पनि चौबीसै घण्टा खुलाउने तयारी शुक्रबार, चैत ३०, २०८० काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्क क्षेत्रलाई पनि २४ सै घण्टा खुलाइने बताएका छन्।मित्रनगर विकास तथा सुधार समितिले शुक्रबार नयाँ बसपार्कमा आयोजना गरेको कार्यक्रममा उनले ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा खुलाउने बताएका हुन्।

आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति तोडफोड भए सरकारले बिल पठाउने शुक्रबार, चैत ३०, २०८० उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आन्दोलनका नाममा भएको सार्वजनिक सम्पत्ति तोडफोडको क्षतिपुर्ती भराउने बताएका छन्।उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सरकारको सम्मान रहेको भन्दै आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिको तोडफोड गर्न भने नपाइने बताए।

माइतीघर-बानेश्वर क्षेत्रको निषेधाज्ञा हट्यो शुक्रबार, चैत ३०, २०८० काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा-६ को उपदफा (३) (क) बमोजिम दुई महिनादेखि लगाइएको निषेधाज्ञा शनिबारदेखि हटाएको जानकारी दिए। काठमाडौंमा प्रशासनले गएको दुई महिनादेखि माइतीघर-बानेश्वर क्षेत्रमा निषेधाज्ञाको आदेश गरेको थियो।

नौ महिनामा १० हजार ४९ व्यक्ति हराए, ६ हजार ४२ जना भेटिए शुक्रबार, चैत ३०, २०८० बालक हुन वा वृद्ध कुनैपनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अन्जानमा व्यक्तिहरू हराउने गरेका छन्। घरपरिवारबाट अचानक सम्पर्कविहीन हुने गरेका छन्। जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन्।