कलंकी भाटभटेनीमा लागेको आगलागी नियन्त्रणमाशुक्रबार, चैत ३०, २०८०

ग्रामीण विकास बैंकका कर्मचारी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर शुक्रबार, चैत ३०, २०८० हाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक शाखा कार्यालय चितवनमा कार्यरत अधिकारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

कलंकीस्थित भाटभटेनीमा आगलागी शुक्रबार, चैत ३०, २०८० काठमाडौंको कलङ्कीस्थित भाटभटेनी भाटभटेनी सुपर मार्केटमा आगलागी भएको छ।शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ। घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति श्रममन्त्री असन्तुष्ट शुक्रबार, चैत ३०, २०८० श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन्। रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नु अपरिहार्य भएको बताए।

सुन्तला अब राष्ट्रिय फल शुक्रबार, चैत ३०, २०८० शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

डेढ सय निजामती कर्मचारीसँग विदेशको पीआर, संसदीय समितिमा उजुरी शुक्रबार, चैत ३०, २०८० निजामती सेवाका डेढ सय कर्मचारीले विदेशको स्थायी बसोबास (पीआर) लिएको दाबीका साथ एक जना सहसचिवले उनीहरूमाथि कानुन कारवाहीको माग गर्दै संसदीय समितिमा उजुरी दिएका छन्।संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्रालयका एक सहसचिव भन्दै परेको बेनामे निवेदनमा डेढ सय कर्मचारीको नामनामेसी खुलासा गर्ने अठोट पनि गरिएको सम्बद्ध समाचार...

गृहको सर्कुलर- धर्म प्रचारमा संलग्न विदेशी नागरिकमाथि निगरानी गर्नु शुक्रबार, चैत ३०, २०८० धर्म प्रचार तथा धर्म परिवर्तनमा विदेशी नागरिकहरू संलग्न हुने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता नागरिकमाथि निगरानी गर्न देशभर सर्कुलर गरेको छ।चैत २५ मा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमा त्यस्तो सर्कुलर गरिएको गृह स्रोतले बतायो।

प्राधिकरणले बिजुली काटेपछि ललितपुर मालपोतले तिर्यो बक्यौता शुक्रबार, चैत ३०, २०८० नेपाल विद्युत् प्राधिकरणले ललितपुर मालपोत कार्यालयको बिजुली काटेको छ।विद्युत महशुल बापतको बक्यौता रकम नतिरेपछि प्राधिकरणले शुक्रबार बिहान लाइन काटेको हो।'केहीबेर काटेका हौं। फेरि जोडीसक्यौँ,' प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले भने।

रौतहटमा एकैदिन ४ युवतीले गरे आत्महत्या शुक्रबार, चैत ३०, २०८० रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन्। फरक फरक स्थानमा ४ युवतीले आत्महत्या गरेका हुन्।

कैदीबन्दी व्यवस्थापनमा समस्या शुक्रबार, चैत ३०, २०८० कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरूको व्यवस्थापनमा चुनौती थपिएको छ। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ। कारागारमा दुई सय ५५ पुरुष र २५ जना महिला कैदीबन्दी व्यवस्थापनको क्षमता भए पनि हाल ४२ जना महिला र सात सय ४२ पुरुष र चार जना आश्रित बालबालिका छन्।
१७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट शुक्रबार, चैत ३०, २०८० जिल्लाको आठबीसकोट, मुसीकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँका एक सय ७२ रोपनी जग्गामा लगाएको अफिमखेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।

बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का शुक्रबार, चैत ३०, २०८० भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३:५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।

डोल्पा डढेलोमा घाइते बालकको मृत्यु शुक्रबार, चैत ३०, २०८० त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीन बालकमध्ये एकजनाको मृत्यु भएको छ।जिल्ला अस्पतालमा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।