News Griha :: न्यूजगृह
आज पनि पानी पर्ने सम्भावना
आज पनि पानी पर्ने सम्भावना आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
डोल्पामा आगलागीबाट तीन बालबालिका घाइते, थप उपचारका लागि काठमाडौं ल्याउन समस्या
डोल्पामा आगलागीबाट तीन बालबालिका घाइते, थप उपचारका लागि काठमाडौं ल्याउन समस्या डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालबालिका गम्भीर घाइते भएका छन्। गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर बिहीबार एउटै घरका दाजुभाईसहित तीन बालबालिका घाइते भएका हुन्।
२० केजी गाँजासहित वडासदस्य पक्राउ
२० केजी गाँजासहित वडासदस्य पक्राउ बर्दिवास-१४ स्थित  ट्रायल सेन्टरको  छेउबाट २० केजी ९७४ ग्राम गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
भारतीय सेनाका सिपाही खैरो हेरोइनसहित ललितपुरबाट पक्राउ
भारतीय सेनाका सिपाही खैरो हेरोइनसहित ललितपुरबाट पक्राउ लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ का ३५ वर्षीय मनोज राई र काभ्रेको पाँचखाल नगरपालिका–९ का ३० वर्षीय रवीन्द्र श्रेष्ठ छन्।
हावाहुरीले फेवातालमा डुंगा दुर्घटना
हावाहुरीले फेवातालमा डुंगा दुर्घटना फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले उनको तत्कालै उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सर्लाहीमा कवाडी गोदामबाट ५३ राउन्ड गोली बरामद
सर्लाहीमा कवाडी गोदामबाट ५३ राउन्ड गोली बरामद सर्लाहीको एक कवाडी गोदामबाट प्रहरीले ५३ राउन्ड गोली बरामद गरेको छ।मलंगवा नगरपालिका–८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउन्ड गोली बिहीबार बिहान प्रहरीले बरामद गरेको हो।
हुरीले हवाई उडान प्रभावित
हुरीले हवाई उडान प्रभावित अपराह्न एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा विपत व्यवस्थापनविज्ञ डा धर्मराज उप्रेतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदुषण न्यूनीकरणमा सहयोग पुग्ने बताए। 'यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ,' उनले भने, 'देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदुषण बढेको थियो । वर्षाका कारण वायु प्रदुषण न्यूनीकरण हुनेछ।'
परराष्ट्र मामिला ‘थिंक ट्यांक’को कार्यकारी निर्देशकमा प्रकाशकुमार सुवेदी सिफारिस 
परराष्ट्र मामिला ‘थिंक ट्यांक’को कार्यकारी निर्देशकमा प्रकाशकुमार सुवेदी सिफारिस  प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले पदपूर्तिका लागि पहिलो पटक पुस १७ र दोस्रो पटक माघ २१ मा गरी दुई पटक आवेदन खुला गरेको थियो।
नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी
नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएका छन्।पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो। हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालयमा सरुवा भएको छ।
विशाल भण्डारी भन्छन्- म र टिमको गल्तिले दुर्घटनामा पर्यौँ
विशाल भण्डारी भन्छन्- म र टिमको गल्तिले दुर्घटनामा पर्यौँ कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफू र आफ्नो टिमको गल्तिले दुर्घटनामा परेको स्वीकार गरेका छन्।सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साता अघि आफू र आफ्नो टिमले गल्ति गरेका कारण दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्याल बाहेक सबै डिस्चार्ज भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका हुन्। साथै उनले ड्रिंक...
Weather Update