गायक निशान र मोडल ऋचाले गरे सम्बन्धविच्छेद सोमबार, चैत २६, २०८०

काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर सोमबार, चैत २६, २०८० काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। विश्वभर वायु प्रदूषणको अवस्था मापन गर्दै आएको स्विट्जरल्यान्डस्थित आईक्यूएयरका अनुसार काठमाडौं वायु प्रदूषणको दृष्टिले विश्वकै तेस्रो स्थानमा पुगेको छ।विश्वमै अस्वस्थकर वायुको पहिलो स्थानमा भारतको नयाँदिल्ली छ भने दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई शहर छ।चीनको बेइजिङ विश्वकै प्रदूषित शहरको सूचीको १५औँ नम्बरमा छ।

९ महिनामा लेक लागेर मुस्ताङमा २ नेपालीसहित ८ जनाको मृत्यु सोमबार, चैत २६, २०८० समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा अक्सिजनको कमीले स्याँ स्याँ हुने, टाउको दुख्ने, वाकवाकी हुने, रिङ्गटा लाग्ने, आँखा धमिलो हुने, निद्रा नलाग्ने, खान मन नलाग्ने, फोक्सो सुन्निने, स्मरण शक्ति हराउँदै जाने र सास फेर्न गाह्रो हुन्छ। प्रहरीले म्याग्दीको सिमानामा रहेको घाँसामा पनि पर्यटक र तीर्थयात्रीलाई अक्सिजनको कमीका...

समुद्रमा डुबेर पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता सोमबार, चैत २६, २०८० शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो। सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्। दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले राससलाई जानकारी दिए। बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले...

भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारबाही सोमबार, चैत २६, २०८० ‘चैत २४ गते काठमाडौं, भद्रकाली (निषेधित क्षेत्र) मा प्रहरी कर्मचारीद्वारा एक भिक्षुमाथि भएको दुर्व्यवहारको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। साथै, उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइ सकिएको व्यहोरा समेत जानकारी गराउँछौ,’ प्रहरी मुख्यालयले जारी गरेको सूचनामा भनिएको छ।

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना सोमबार, चैत २६, २०८० हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ। सोमबार दिउँसो कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी...

बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने बाध्यताबाट मटिहानीका गृहिणीले पाए राहत आइतबार, चैत २५, २०८० सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन्।मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र चुल्होसमेत) र त्यो बाल्ने सीप सिकेपछि राहतको अनुभूति गरेका हुन्। मटिहानी नगरक्षेत्रका विपन्न दुई हजार गृहिणीलाई शनिबार निःशुल्क चुल्हो वितरण गरिएको हो।

बसको ठक्करबाट ड्युटीमा खटिएका ट्राफिक प्रहरीको मृत्यु शनिबार, चैत २४, २०८० मृतक यादवको शव पोस्टमार्टको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको इन्स्पेक्टर गुरुङले जानकारी दिए। झण्डै नौ वर्ष प्रहरी सेवामा बिताएका यादवको घर पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुरमा छ।

‘रामायण’की सीता नेपालमा, रामको गरिन प्रशंसा शनिबार, चैत २४, २०८० शनिबार काठमाडौंमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दीपीकाले रामायणबाट भगवान राम एक असल पुत्र, भाइ र श्रीमान हुनुहुन्थ्यो भन्ने कुराको जानकारी कथा रामायणले प्रस्तुत गरेको बताइन्।

सुनसरीमा दुई समुदाय नै झडपमा उत्रनु पर्ने स्थिति कसरी सिर्जना भयो? शुक्रबार, चैत २३, २०८० शुक्रबार मध्यान्ह १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिकाको सबै वडा र देवानगञ्जको १ र ७ नम्बर वडामा निषेधाज्ञा जारी भए पनि स्थानीयले प्रदर्शन गरिरहेका छन्। स्थिति नियन्त्रण बाहिर जाने देखेपछि स्थानीय प्रशासनले शुक्रबार ५ बजेदेखि इनरुवा नगरपालिकासहित हरिनगर, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा अनिश्चित कालका लागि कर्फ्यु...

सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रण बाहिर, पाँचवटा पालिकामा कर्फ्यु शुक्रबार, चैत २३, २०८० सुनसरीको भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा पालिकामा कर्फ्यु जारी गरेको छ। शुक्रबार ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी भएको हो। सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगरा, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो।

हिन्दु–मुस्लिम युवाहरूको झडपले सुनसरी अशान्त शुक्रबार, चैत २३, २०८० हिन्दु र मुस्लिम समुदायका युवाहरूको झडपले उग्ररूप लिएपछि शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरी भुटाहा क्षेत्रको अवस्था नियन्त्रण बाहिर गएको छ।

लुटेराले नै जिसी दम्पतीको हत्या गरेको प्रहरीको ठहर, दोषी पत्ता लगाउन पर्यो सकस शुक्रबार, चैत २३, २०८० जलजला गाउँपालिका–२ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ। सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो। घटना भएको चार दिनपछि बिहीबार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो।