विराटनगर — सुनसरीको भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा पालिकामा कर्फ्यु जारी गरेको छ।
शुक्रबार ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी भएको हो। सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगर, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो।
कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि पाँच पालिकामा कर्फ्यु लगाइएको हो।
एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएपछि प्रहरीले ५१ राउन्ड हवाई हवाई फायर गरेको छ।
भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थिए।
अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठकले कर्फ्यु लगाउने विषयमा छलफल गरेको थियो।
त्यसपछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञासमेत तोड्न थालिएपछि प्रहरीले केही अश्रुग्यास र हवाई फायर गरेको थियो।
यो पनि पढ्नुहोस
हिन्दु–मुस्लिम युवाहरूको झडपले सुनसरी अशान्त