News Griha :: न्यूजगृह
तनहुँमा ८ फिट लामो अजिङ्गरको उद्धार
तनहुँमा ८ फिट लामो अजिङ्गरको उद्धार तनहुँको व्यास नगरपालिका–१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको आज उद्धार गरिएको छ। डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो।
१३ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने युवक पक्राउ
१३ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने युवक पक्राउ प्रहरीले १३ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ।प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
हत्या घटनामा संलग्न रहेको आरोपमा रामेछापको दोरम्बा–३ का वडासदस्य पक्राउ
हत्या घटनामा संलग्न रहेको आरोपमा रामेछापको दोरम्बा–३ का वडासदस्य पक्राउ पक्राउ परेका वडा सदस्य थापा मगरलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछापको जिम्मा लगाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । गत असार २० मा दोरम्बा सल्लेनी भीरमा ४१ वर्षीय रामेछापकै गणेश पाठकको शव भेटिएको थियो। शव फेला परेपछि हत्या भएको किटानी गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो। 
हुन्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ 
हुन्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ  प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा एक हजार दरका एक हजार चार सय ५४ थान, पाँच सय दरका छ सय २२ थान, एक सय दरका एक सय नौ थान, ५० को एक थान र २० को एक थान नेपाली नोट बरामद गरेको हो। पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको...
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल प्रतिभा प्रदर्शन गर्दै बौद्धिक उपलब्धि हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। 
कैदी मृत्यु प्रकरणः कारागारलाई यातनामुक्त बनाउन माग 
कैदी मृत्यु प्रकरणः कारागारलाई यातनामुक्त बनाउन माग  सुनसरीको झुम्का कारागारभित्र एक कैदीको मृत्यु भएपछि अन्य कैदीले कारागारलाई यातनामुक्त बनाउनुपर्ने माग गरेका छन्।शनिबार बिहान कर्तव्य ज्यान मुद्दाअन्तर्गत कैद भुक्तान गरिरहेका खोटाङको साकेला गाउँपालिका घर भई इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका ४२ वर्षीय न्यायाधीश राई करागारभित्र मृत भेटिएका थिए।
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। सोमबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो। निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ४ रुपैयाँ बढाएको जानकारी दिएको छ।भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो। निगमका अनुसार आईओसीले पेट्रोलमा...
बागलुङमा ‘नगरकी छोरी’ कार्यक्रम, स्वावलम्बी बनाउने प्रयास
बागलुङमा ‘नगरकी छोरी’ कार्यक्रम, स्वावलम्बी बनाउने प्रयास छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ। नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो। बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक खाता...
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध, खुलाउने प्रयास जारी
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध, खुलाउने प्रयास जारी पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४  श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए। 
आज पनि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
आज पनि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना आज पनि देशका केही क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसकारण आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।
कारागारभित्रै न्यायधीश राईको मृत्यु, कुटेर हत्या गरेको परिवारको आरोप
कारागारभित्रै न्यायधीश राईको मृत्यु, कुटेर हत्या गरेको परिवारको आरोप सुनसरीको झुम्का कारागारभित्र एक कैदीबन्दीको मृत्यु भएको छ। ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए। खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको शनिबार करागारभित्रै मृत्यु भएको हो। 
Weather Update