कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफलआइतबार, चैत १८, २०८०

रुखले च्यापिएर डोटीमा बालकको मृत्यु शनिबार, चैत १७, २०८० घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय आदर्शबाट प्रहरी निरीक्षक जनकबहादुर बोहराको कमाण्ड र प्रहरी चौकी डौडबाट प्रहरी सहायक निरीक्षक चक्रबहादुर मल्लको कमान्डमा प्रहरी घटनास्थलमा गएको प्रहरी नायब निरीक्षक नेगीले जानकारी दिए।

दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि पौवाखेत शोकमा शनिबार, चैत १७, २०८० गोरखा गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो। उपचारका क्रममा काठमाडौंमा मृत्यु भएका शङ्करको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ गएकी आमा जुनकिरीसहित सबै परिवार र आफ्न्त पशुपति आर्यघाटमा पुग्यो।

मनकामना जाँदै गरेको जीप दुर्घटना, एकको मृत्यु शनिबार, चैत १७, २०८० नवलपरासी पूर्वबाट मझुवादेउराली हुँदै मनकामना जाँदै गरेको ग१च ७६१९ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।

त्रिशूली दुर्घटना: छोराको अन्येष्टि गरेर फर्किएकी थिइन् हरिमाया शनिबार, चैत १७, २०८० शनिबार बिहानमा ट्याक्सी त्रिशूलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ। दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन्।काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको थियो।
![त्रिशूली दुर्घटनाः मृत्यु हुने सबैको पहिचान खुल्यो, एक किशोर बेपत्ता [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/1_taxi_accident_trishuli_1-1711768220.jpg)
त्रिशूली दुर्घटनाः मृत्यु हुने सबैको पहिचान खुल्यो, एक किशोर बेपत्ता [अपडेट] शनिबार, चैत १७, २०८० प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनकिरी रोका, २८ वर्षीया अञ्जना रोका, ९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ। १८ वर्षीय दिवस रोका बेपत्ता छन् ।
![त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/1_taxi_accident_trishuli_1-1711768220.jpg)
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु [अपडेट] शनिबार, चैत १७, २०८० काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी शनिबार बिहान ७:१५ बजे त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको कार्यालयका मुग्लिनका इन्स्पेक्टर विशाल तामाङले जानकारी दिए।...

त्रिशूली नदीमा ट्याक्सी खस्यो, एक जनाको मृत्यु, ४ जना बेपत्ता शनिबार, चैत १७, २०८० मुग्लिङ-नारायणगढ सडकबाट शनिबार बिहान ट्याक्सी त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ। मृतक पुरुष हुन्। उनको परिचय खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार बा२ज ४१ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो।

सर्लाहीको चुरे जंगलमा युवकको शव भेटियो शनिबार, चैत १७, २०८० बागमती १ ढोपबाट हिरेडाँडा जाने सडकदेखि झण्डै सात सय मिटर पूर्वतर्फ खोल्सीमा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिल गिरीले जानकारी दिए।

एकल महिलालाई व्यवसाय गर्न बीउ पुँजी वितरण शनिबार, चैत १७, २०८० सूर्योदय नगरपालिका– ८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन्। एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो।बाख्रा पालन, बङ्गुर पालन, पुष्प खेती, ‘टनेल’मा सागसब्जी खेती र ‘ब्युटीपार्लर’ सञ्चालनको चाहना व्यक्त...

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल शनिबार, चैत १७, २०८० विशेष काम गर्न बिहानको समय अनुकूल छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दिउँसोदेखि केही व्यावहारिक बाधा देखापर्नेछन्।

के हो बाँदर नियन्त्रण कार्यक्रम? शुक्रबार, चैत १६, २०८० बाँदरले किसानको खेतीबाली नष्ट गर्दै आएको वर्षौँ भयो। सुदूरपूर्वदेखि पश्चिम तराई पहाडी जिल्लामा बाँदरको उपद्रो गणना गरिनसक्नु नै छ । बाँदरको उपद्रो नियन्त्रण गर्न सरकारी तवरबाट भएका विभिन्न प्रयासहरू असफल हुँदै आएका छन् । स्थानीय तहमा भएका घरेलु अभ्यासहरू प्रभावकारी हुन सकेका छैनन् ।

बाँदरको बन्ध्याकरण गर्ने विधि सिकेर फर्किए नेपाली विज्ञ शुक्रबार, चैत १६, २०८० बाँदरले किसानको खेतीवाली नष्ट गर्दै आएको बर्षौं भयो। सुदूर पूर्वदेखि सुदूर पश्चिम, पहाड र तराईं, सबै ठाउँमा किसानहरु बाँदरबाट पीडित छन्। बाँदरको उपद्रो नियन्त्रण गर्न सरकारी तवरबाट भएका विभिन्न प्रयासहरु असफल हुँदै आएका छन्। स्थानीय तहमा भएका घरेलु अभ्यासहरु प्रभावकारी हुन सकेका छैनन्। बाँदरकै कारण तरकारी, फलफूल र अन्नबाली उत्पादनमा...