News Griha :: न्यूजगृह
त्रिशूली नदीमा ट्याक्सी खस्यो, एक जनाको मृत्यु, ४ जना बेपत्ता

चितवन मुग्लिङ-नारायणगढ सडकबाट शनिबार बिहान ट्याक्सी त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ। मृतक पुरुष हुन्। उनको परिचय खुल्न सकेको छैन। 

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो। ट्याक्सी काठमाडौंबाट गोरखा जाँदै थियो। 

चितवनको इच्छाकामना-५ शिमलधारामा दुर्घटना भएको हो।

 ट्याक्सीमा पाँच जना सवार थिए। ४ जना बेपत्ता छन्। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण कुरिनटारको टोलीसमेत घटनास्थलमा खटिएको छ। बेपत्ताको खोजी भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०८:१६
Weather Update