News Griha :: न्यूजगृह
कोकिन कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौंबाट पक्राउ
कोकिन कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौंबाट पक्राउ लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्ने दुवै जना ब्राजिलका नागरिक हुन्। उनीहरूलाई  प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा लारिसन ब्रिटो दोस सान्तोस र फर्नान्डा भाल दोस सान्तोस छन्।  उनीहरूको साथबाट १ केजी ४५५ ग्राम कोकिन बरामद भएको ब्युरोका...
न्युजिल्यान्डमा सवारी दुर्घटनामा परि धनुषाका सुरेन्द्रको मृत्यु
न्युजिल्यान्डमा सवारी दुर्घटनामा परि धनुषाका सुरेन्द्रको मृत्यु न्युजिल्यान्डमा भएको सवारी दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ।धनुषाको शहीदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको सवारी दुर्घटनामा परी मृत्यु भएको एनआएएनए न्युजिल्यान्डका प्रवक्ता रामहरि पाण्डेले जानकारी दिए। उनको शव अहिले अस्पतालमै छ। शव नेपाल पठाउनेबारे आवश्यक प्रक्रिया सुरु गरिएको पाण्डेले बताए। 
काठमाडौंको छाउनीमा झुण्डिएको अवस्थामा भेटिएकी डाक्टरको उपचारका क्रममा मृत्यु
काठमाडौंको छाउनीमा झुण्डिएको अवस्थामा भेटिएकी डाक्टरको उपचारका क्रममा मृत्यु काठमाडौंको छाउनीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी १ जना डाक्टरको उपचारका क्रममा मृत्यु भएको छ। डाक्टर प्रतिभा धवडेल बिहीबार बिहान ८ बजेतिर छाउनीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। श्रीमान् डा कविराज भण्डारीले श्रीमती प्रतिभालाई शौचालयमा झुण्डिएको अवस्थामा फेला पारेका थिए। 
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।
नुहाउन गएकी पद्माको छिमेकीबाटै वीभत्स हत्या, भेटियो रगत लतपतिएको खुर्पा र मोबाइल 
नुहाउन गएकी पद्माको छिमेकीबाटै वीभत्स हत्या, भेटियो रगत लतपतिएको खुर्पा र मोबाइल  पाल्पाको रिब्दिकोट गाउँपालिका-१ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ।पक्राउ पर्नेमा ख्याहास्थित लप्सीखोलाका १९ वर्षीय सागर नेपाली भन्ने देवलाल सार्की रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।
एमडीएमएस खरिदमा ९२ करोड रुपैयाँ भ्रष्टाचार, प्राधिकरणका पूर्वअध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा दायर
एमडीएमएस खरिदमा ९२ करोड रुपैयाँ भ्रष्टाचार, प्राधिकरणका पूर्वअध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा दायर मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका २० जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
दिल्लीमा उपचाररत आरजुको शल्यक्रिया, केही समय अस्पतालमै रहने
दिल्लीमा उपचाररत आरजुको शल्यक्रिया, केही समय अस्पतालमै रहने उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी कांग्रेस नेतृ एवम् सांसद आरजु राणा देउवाको हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया गरिएको छ।राणाका स्वकीय सचिव कमल रावलकाअनुसार चिकित्सकहरूको सल्लाह अनुसार नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा चैत्र १४ गते शल्यक्रिया भएको हो।
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आक्रमणबाट उनका श्रीमान घाइते छन्।शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए। उनी बुधबार साँझ वनमा घाँस दाउरा लिन गएकी...
समुदायमा सचेतता जगाउँदै दलित आन्दोलन
समुदायमा सचेतता जगाउँदै दलित आन्दोलन दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेशमा समुदाय सचेतना अभियान थालेको छ। दलित समुदायलाई राज्यको मूलधारमा ल्याउन पहल गर्ने गरी अभियन्ता खगेन्द्र सुनार नेतृत्वको टोलीले सचेतना अभियान थालेको हो।
फोहोरमा फालिन्छ झण्डै २० प्रतिशत खाना
फोहोरमा फालिन्छ झण्डै २० प्रतिशत खाना पछिल्लो समय विश्वव्यापीरुपमा खाद्यान्न खेर जाने समस्या बढ्दै गएको छ। संयुक्त राष्ट्र संघको ‘फुड वेस्ट इन्डेक्स २०२४’ को रिपोर्ट अनुसार सन् २०२२ मा १ अर्ब ५० करोड टन खाद्यान्न खेर गएको छ। करिब २० प्रतिशत खाद्यान्न फोहोरमै फालिएको उल्लेख छ।उपभोक्ताहरूका लागि उपलब्ध कुल खानामध्ये, लगभग १९ प्रतिशत खुद्रा तथा...
बराहक्षेत्रमा कुम्भमेलाः ३० लाख पर्यटक भित्र्याउने लक्ष्य
बराहक्षेत्रमा कुम्भमेलाः ३० लाख पर्यटक भित्र्याउने लक्ष्य कुम्भमेला सुरु हुनुभन्दा पाँचदिन अघिदेखि मेला सम्पन्न भएको पाँचदिन पछिसम्म चतरा बजार क्षेत्रमा मदिरा र माछामासु बिक्रीमा प्रतिबन्ध लगाइने भएको छ। मेला अवधिभर घरआँगन सफा राख्न पुष्पयुक्त गमलाले पाहुनाको स्वागत गर्न  प्रत्येक घरमुलीलाई अनुरोध गरेको तथा सम्भव भएसम्म ‘होमस्टे’का रूपमा आफ्ना निवासलाई तयार गर्न पनि स्थानीयबासीलाई आग्रह गरिएको छ।
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
बजेट अभावमा नगर अस्पतालको काम रोकियो बजेट अभावले तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा  काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले बताए। ११ करोड ५२ लाख नौ हजार नौ सय ६३...
Weather Update