News Griha :: न्यूजगृह
एमडीएमएस खरिदमा ९२ करोड रुपैयाँ भ्रष्टाचार, प्राधिकरणका पूर्वअध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा दायर
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल । 

काठमाडौं— मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका २० जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्युतानन्द मिश्रलाई पनि प्रतिवादी बनाइएको छ।

यस्तै प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी र कविन्द्रराज मल्लविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरूविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ।

मोबाइलको अवैध आयात र प्रयोग नियन्त्रण गर्ने उद्देश्यले एमडीएमएस प्रविधि खरिद गरिएको थियो। त्यसैक्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको हो।

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १६:४३
Weather Update