News Griha :: न्यूजगृह
दिल्लीमा उपचाररत आरजुको शल्यक्रिया, केही समय अस्पतालमै रहने

काठमाडौं— उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी कांग्रेस नेतृ एवम् सांसद आरजु राणा देउवाको हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया गरिएको छ।

राणाका स्वकीय सचिव कमल रावलकाअनुसार चिकित्सकहरूको सल्लाह अनुसार नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा चैत्र १४ गते शल्यक्रिया भएको हो।

बिहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार राणा दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरूको सल्लाहअनुसार नयाँदिल्लीमा उपचार गराउँदै आएकी हुन्।

उनी चैत्र २ गते भारत गएकी थिइन। 

‘हाल माननीय डा. आरजु राणा देउवाज्यूको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्श अनुसार अझै केसी समय अस्पतालमै उपचार गर्नुपर्ने भएको जानकारी गराउँछु,’ विज्ञप्तिमा भनिएको छ। 

डा. राणालाई अत्यधिक मासिक रक्तश्रावको समस्या भएपछि एक वर्षअघि मेदान्त अस्पतालमा स्वास्थ्य जाँच र शल्यक्रिया म्याक्समा गरिएको थियो। म्याक्समा भर्ना गरिएपछि उनको पाठेघर निकालिएको हो। 

चिकित्सकीय भाषामा ‘हिस्टेरेक्टोमी फर हाइपरप्लेसिया अफ एण्डोमेट्रिएम’ भनिने शल्यक्रिया म्याक्स अस्पतालका अन्कोलोजिस्ट सर्जन डा. हरित चतुर्वेदीको नेतृत्वको समूहले गरेको थियो। 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १४:२७
Weather Update