रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु बिहीबार, चैत १, २०८०
बचत रकम फिर्ता माग्दै सहकारी पीडित सडकमा बिहीबार, चैत १, २०८० सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घले संस्थाहरूमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम गरेको छ। देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शनसहित सभा गरिएको हो। प्रदर्शनमा निस्केकाहरू कालिमाटी, गोंगवु, शंखपार्क र जावलाखेलबाट भृकुटीमण्डप आए। उनीहरूले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकलाई कारबाहीको...
नक्कली सुन धितो राखेर नेपाल बैंकबाट ४ करोड ऋण लिने व्यक्ति पक्राउ बिहीबार, चैत १, २०८० सप्तरीको कञ्चनरूप नगरपालिका– ८ घर भई काठमाडौंको बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धस्थित हायात होटलबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार साहले नक्कली सुन धितो राखेर नेपाल बैंक लिमिटेडबाट ४ करोड १४ लाख ८४ हजार रुपैयाँ ऋण लिएका थिए।
इन्टरपोलबाट रेड नोटिस भएका लागूऔषध कारोबारी राई कुवेतबाट पक्राउ, नेपाल ल्याइयो बिहीबार, चैत १, २०८० लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन्।पक्राउ पर्नेमा इलाम नगरपालिका– १२ घर भएका २९ वर्षीय रोशन राई छन्। उनका अनुसार राईलाई एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल ल्याइएको हो।
चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, चैत १, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूमाथि आयोगले आज मुद्दा दायर गरेको हो। आयोगले तत्कालीन अध्यक्ष बुढाविरुद्ध पाँच लाख १५ हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ। यस्तै प्रमुख प्रशासकीय...
काठमाडौंमा बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ बिहीबार, चैत १, २०८० प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ शिवचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजाघरका सञ्चालक हिरन राईलाई पक्राउ गरेको हो। ३८ वर्षीय राईको घर उदयपुर बेलका नगरपालिका– ५ हो। खाजाघरमा बालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले राईलाई मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
इलाम क्याम्पसका संस्थापक प्रमुख शर्माको निधन बिहीबार, चैत १, २०८० शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ। आज बिहान ३ बजेतिर काठमाडौंमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौंका राधेश्याम लेकालीले जानकारी दिए।
सहकारी पीडितले दबाब दिने, काठमाडौंमा र्यालीसहितको प्रदर्शन गर्ने बिहीबार, चैत १, २०८० देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरुले आज जनदबाब सिर्जना गर्न प्रर्दशन गर्न लागेका छन्।चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै पीडितहरुले काठमाडौंका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा कोण सभा गर्न लागेका हुन्। पीडितहरुले आजको प्रदर्शनका...
कस्तो छ तपाईंको आजको दैनिकी ? हेर्नुहोस् राशिफल बिहीबार, चैत १, २०८० आज मिति २०८० चैत १ गते बिहीबार। तदअनुसार १४ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:
प्रहरी कार्यालयभित्र गोली चलेको घटना: इन्स्पेक्टरलाई कारबाही सिफारिस बुधबार, फागुन ३०, २०८० प्रहरी कार्यालयभित्रै गोली चलेको घटनामा छानबिन गर्न गठित समितिले कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरेको छ।प्रहरी प्रभाग बलम्बुमा गोली चलेको घटनामा इन्स्पेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए।
विमानस्थलमा खटिएका ५४ प्रहरीलाई एकसाथ हटाइयो, एसएलसी पास गरेकाहरू मात्र खटिने बुधबार, फागुन ३०, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी अधिकारी एकसाथ हटाइएका छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरत रहेकाहरूलाई एकसाथ हटाएको हो। उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उनीहरूलाई हटाएर नयाँ टोली पठाइसकिएको बताए।
आर्थिक सहयोगको नाममा ठगी गर्ने ३ जना पक्राउ बुधबार, फागुन ३०, २०८० टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा गाउँमा खिचेका व्यक्तिहरूको फोटो र नेपाली नागरिकताको फोटोहरू बंगलादेशी नागरिक ४९ वर्षीय महमद खालिद हुसेन र बङ्गलादेशकै सीतागन्ज घर भई हाल काठमाडौं नयाँ बजारमा बस्दै आएका ३७ वर्षीय महमद तानबिर हुसेन पनि संलग्न रहेको पाएको थियो। उनीहरूले सर्वसाधारणको नागरिकता र फोटो दुरुपयोग गरी गैरकानुनी...
बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ बुधबार, फागुन ३०, २०८० नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन्।५५ वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा १७ वर्षीय...