भरुवा बन्दुकसहित पाल्पामा एक जना पक्राउशनिबार, चैत १०, २०८०

चट्याङ लागेर बझाङमा एक जनाको मृत्यु, ७ जना घाइते शनिबार, चैत १०, २०८० बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सात जना घाइते छन्। गएराति जयपृथ्वी नगरपालिका– ६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो। चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ।

कस्तो छ तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल शनिबार, चैत १०, २०८०

फेसबुकबाट चिनजान हुँदै प्रेम, धोका दिएको भन्दै हत्या शुक्रबार, चैत ९, २०८० धरानकै एउटा कलेजमा कक्षा १२ मा अध्ययनरत सुमनाले गत पुसदेखि ग्लोबल ओरियन्स नेपाल नामक कम्पनीको धरान शाखामा काम गर्न थालेकी थिइन्। जागिर गर्न थालेपछि बाबुरामसँग उनको भेट केही पातलिन थाल्यो। आफूलाई भेट्न नआएको भन्दै बाबुराम उनलाई लिन ग्लोबल ओरियन्सको अफिसमै पनि पुग्ने गर्थे। सुमनाको अफिस पुग्न थालेपछि भने बाबुरामले अर्कै...

मिटरब्याजको समस्या समाधानका लागि सरकारले गठन गर्यो नयाँ आयोग शुक्रबार, चैत ९, २०८० अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ जाँचबुझ आयोग गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। समितिमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की र सञ्जिव मिश्र सदस्य रहेका छन्। जाँचबुझ आयोगलाई मिटरब्याजसम्बन्धी समस्याको अध्ययन गरी...

फोहोर बिक्री गर्दै काठमाडौं महानगरपालिका, गर्यो प्रस्ताव आह्वान शुक्रबार, चैत ९, २०८० काठमाडौं महानगरपालिकाले फोहोर बिक्री गर्ने तयारी गरेको छ। यसका लागि प्रस्ताव आह्वान समेत गरेको छ।
-1711080937.jpg)
कस्तो रहला आज दिनभरको मौसम? शुक्रबार, चैत ९, २०८० काठमाडौंमा अहिले पारिलो घाम लागेको छ। तर हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा...

विश्वका खुसी हुने देशको सूचीमा नेपाल ९३औँ स्थानमा, पहिलो नम्बरमा फिनल्याण्ड शुक्रबार, चैत ९, २०८० विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ। विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुसीको सूचाङ्कमा नेपालले ९३औँ स्थान प्राप्त गरेको हो ।उक्त प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ।

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल शुक्रबार, चैत ९, २०८० परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

घाँटी रेटेर सुमनाको हत्या गर्ने युवक पक्राउ बिहीबार, चैत ८, २०८० धरानकी २१ वर्षीया सुमना श्रेष्ठको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।धरान उपमहानगरपालिका- १८ मा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरिएको अवस्थामा सुमनाको शव भेटिएको थियो। उक्त हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले एकजना युवकलाई धनकुटाबाट बिहीबार पक्राउ गरेको हो।

खन्ती प्रहार गरि झापामा एक व्यक्तिको हत्या बिहीबार, चैत ८, २०८० झापामा एक व्यक्तिको हत्या भएको छ। भद्रपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय सनम भन्ने गंगा राईको हत्या भएको हो। हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३० वर्षीय कमान सिंह राईलाई बिहीबार बिहान पक्राउ गरेको छ। गंगा बुधबार राति कमानको घरमा सुतेका थिए।

शर्मिला वाइबामाथिको अनुसन्धान सकियो, अझै २ दिन हिरासतमै बस्ने बिहीबार, चैत ८, २०८० कुटपिट तथा अङ्गभङ्गको कसुरमा पक्राउ परेकी सामाजिक अभियन्ता भनिएकी शर्मिला वाइबामाथिको प्रहरी अनुसन्धान सकिसकेको छ। अनुसन्धान सकिए पनि वाइबाले अझै केही दिन हिरासतमै बस्नुपर्ने भएको छ। काठमाडौं जिल्ला अदालतले बिहीबार शर्मिलालाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ। बिहीबार समेत गरी जिल्ला अदालतले वाइबाको हकमा सातौं पटक म्याद थप...

१८ दिनदेखि हराइरहेका पुरुष मृत फेला बिहीबार, चैत ८, २०८० १८ दिनदेखि बेपत्ता रहेका बैतडीका १ जना पुरुष मृत फेला परेका छन्। बैतडीको पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। गत फागुन १९ गतेदेखि हराइरहेका बोहरा नौलीगाड भन्ने स्थानमा मृत फेला परेको जनाइएको छ।