उमेरले छेकेन सीताको पढ्ने रहरबिहीबार, चैत ८, २०८०

कोदालो प्रहारबाट दुई कर्मचारीसहित तीन गम्भीर घाइते बिहीबार, चैत ८, २०८० बैतडीमा कोदालो प्रहारबाट आज तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा दुई कर्मचारी र एक सर्वसाधारण रहेका छन्। डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उनकी ५६ वर्षीया श्रीमती पार्वती धामी, दशरथचन्द नगरपालिका–९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभास कलौनी र डिलाशैनी...

प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला बिहीबार, चैत ८, २०८० उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि दुबै निकायको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको हो।

तीन करोड २१ लाख रुपैयाँ बिगो मागदाबीसहित शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता बिहीबार, चैत ८, २०८० यस्तै, अवैध सम्पत्ति असुल उपर गर्ने प्रयोजनका लागि उनकी पत्नी देवकालाईसमेत प्रतिवादी कायम गरी सम्पत्ति जफतको मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

पुस १ देखि चैत ८ सम्म कोशीमा मात्रै ४८८ आगलागीका घटना बिहीबार, चैत ८, २०८० कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस १ गतेदेखि चैत ८ गतेसम्मको तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाको मृत्यु र २४ जना घाइते भएका छन् । विद्युत् सर्ट, ग्यास चुहावट, भान्सा र गोठको आगो नियन्त्रण बाहिर जाँदा आगलागीका घटना हुने गरेको पोखरेलको भनाइ छ।स्थानीय जङ्गलमा पनि...

आमरण अनसनमा रहेका केसीको स्वास्थ्य गम्भीर बिहीबार, चैत ८, २०८० आमरण अनसनमा रहेका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलब केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।केसीलाई चैत १ गते भृकुटीमण्डपमा प्रदर्शनका क्रममा प्रहरीले कुटपिट गरी पक्राउ गरेर थुनामा राखेको र त्यही दिनदेखि उनले आमरण अनसन सुरु गरेका थिए।

अष्ट्रेलियाको अस्पतालबाट जीवन रक्षाको माग गर्दै बागलुङका राजन बिहीबार, चैत ८, २०८० अहिले अष्ट्रेलियामा रहेका चन्द्रबहादुर खत्री (राजन केसी)को अस्पतालबाटै जीवन रक्षाको माग गर्न थालेका छन्। खत्रीको जीवन रक्षाको लागि उनको परिवारले आर्थिक सहयोगको याचना गरिरहेको छ। अष्ट्रेलियाको रोयल डार्विन अस्पतालमा भर्ना भएका बाग्लुङ नगरपालिका–१३ पैयुँटारका खत्री क्यान्सरबाट पीडित छन् ।उनलाई तेस्रो चरणको सिग्नेट रिङ्ग सेल कर्सिनोमा (अति छिटो फैलिने किसिमको...

सामुदायिक विद्यालयमा कुनै पनि शुल्क नलिन शिक्षामन्त्री श्रेष्ठको निर्देशन बिहीबार, चैत ८, २०८० ऐनमा यस्ता विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म भर्ना हुने विद्यार्थीमध्ये कम्तिमा १० प्रतिशतलाई निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने उल्लेख छ । निजी विद्यालयले ऐनअनुसार भर्ना, मासिक, वार्षिक, परीक्षा, कम्प्युटर, स्थानान्तरण प्रमाणपत्र, विशेष प्रशिक्षण, परिवहन र भोजन बाहेकका शुल्क समेत लिन नपाउने गरी मन्त्रालयले व्यवस्था गरेको छ।

कस्तो छ तपाईंंको आजको दिन ? हेर्नूहोस् राशिफल बिहीबार, चैत ८, २०८०

अर्कैसँग सल्किएको भन्दै श्रीमतीको हत्यापछि श्रीमान्ले गरे आत्महत्या बुधबार, चैत ७, २०८० बमबहादुर र गीताको स्थायी ठेगना खुलेको छैन। उनीहरु बेलबारी नगरपालिका–१ भेडाटोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरा बस्दै आएका थिए। डेरा नजिकका छिमेकीहरुका अनुसार बमबहादुरले श्रीमती गीतालाई पहिले पनि पटक पटक कुटपिट गर्ने गरेका थिए। आफूलाई छाडेर अर्कैसँग सल्किएको भन्दै उनले पटक–पटक गीतामाथि कुटपिट गर्ने गरेको भनेर स्थानीयले जानकारी दिएको...

पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु बुधबार, चैत ७, २०८० पाँचथरमा चट्याङ लागेर एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति मृत्यु भएको हो। गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए।

९० वर्षीया वृद्धालाई घरमै पुगेर नागरिकता बुधबार, चैत ७, २०८० जिल्ला प्रशासन कार्यालय डोटीले एक वृद्धालाई घरमै नागरिकता उपलब्ध गराको छ। सायल गाउँपालिका–२ सिर्माकी ९० वर्षीया कलसी थापा ओलीलाई घरमै नागरिकता उपलब्ध गराइएको हो। कार्यालयका कर्मचारी लालबहादुर बोगटीलाई वृद्धाको घरमा पठाएर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए।
-1710652072.jpg)
एमालेले च्यासलमा होली मनाउने, रङको साटो अबिर खेल्ने बुधबार, चैत ७, २०८० नेकपा एमालेले फागु पर्व होलीको अवसरमा शनिबार सांगीतिक कार्यक्रम आयोजना गरेको छ। रंगहरूको पर्व होलीको अवसरमा शुभकामना आदानप्रदानसहित सांगीतिक कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका व्यवस्थापक एमाले नेता लालबाबु पण्डितले जानकारी दिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने कार्यक्रममा दुई हजार पाँच सयभन्दा बढीले होली खेलिने पण्डितले बताए।