मुग्लिन-पोखरा सडक विस्तार गर्दा ७० मठमन्दिर भत्किनेबुधबार, चैत ७, २०८०

दासढुङ्गामा ट्रक र मोटरसाइकल ठोक्किए, एकको मृत्यु बुधबार, चैत ७, २०८० मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २९ का ३२ वर्षीय सोमलाल लामा छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार वडा नं २९ दासढुङ्गामा आज बिहान ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएका थिए।

झरीमा सुन्नैपर्ने यी सात गीत बुधबार, चैत ७, २०८० हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बागमती सहितका कोशी र मधेस प्रदेशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। काठमाडौं, भक्तपुर ललितपुरमा बिहानैदेखि पानी परिरहेको छ। पानी परेपछि काठमाडौंमा चिसो केही बढेको छ। गोकर्णेश्वरको धाप...

रासस सर्लाही सम्वाददाता शंकर पहाडी ठगी आरोपमा पक्राउ बुधबार, चैत ७, २०८० सर्लाही प्रहरीले ठगी आरोपमा पत्रकार शंकर पहाडीलाई पक्राउ गरेको छ।सिन्धुलीको तीनपाटन गाउँपालिका– १० घर भई हाल सर्लाहीको लालबन्दीमा बस्दै आएका एसपी गौरव भनिने ३२ वर्षीय पहाडीलाई ठगी आरोपमा बुधबार बिहान लालबन्दीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।पहाडी राष्ट्रिय समाचार समिति सर्लाहीका सम्वाददाता हुन्। उनले कमलामाई डटकम...

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या बुधबार, चैत ७, २०८० मोरङको बेलबारी नगरपालिका–१ मा गएराति श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन्।४५ वर्षीया श्रीमती गीता लिम्बुको हत्या गरेर श्रीमान ६० वर्षीय बमबहादुर लिम्बुले पनि आत्महत्या गरेका हुन्। बमबहादुरले श्रीमतीको टाउकोमा दाउ प्रहार गरेका प्रहरीले जनाएको छ। गीताको शरीरका विभिन्न भागमा समेत चोट देखिएको छ।

कस्तो छ तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल बुधबार, चैत ७, २०८० अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। साँझतिर जिम्मेवारी बढ्नेछ। रोकिएको काम बन्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै ७५ जना ‘असल बुहारी’ सम्मानित मंगलबार, चैत ६, २०८० अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ७५ जना महिलालाई ‘असल बुहारी’का रुपमा सम्मान गरेको छ। नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकालाई ती बुहारीहरुलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। ‘उपप्रमुख असल बुहारी सम्मान कार्यक्रम’अन्तर्गत उनीहरुलाई सम्मान गरिएको नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ...

दुर्गा प्रसाईंको मेडिकल कलेजसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चैत १२ गते निर्णय सुनाउने मंगलबार, चैत ६, २०८० मेडिकल व्यवसायी तथा ‘राजतन्त्र पुनर्स्थापनाको अभियान्ता’ दुर्गा प्रसाईंको मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले निसु (निर्णय सुनाउने मिति) तोकेको छ। झापास्थित बी एण्ड सी अस्पतालको सम्बन्धनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले चैत १२ गते निर्णय सुनाउने मिति तोकेको हो।
सरकारी सेवा तोकिएकै समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ लागु गरिने मंगलबार, चैत ६, २०८० सरकारी सेवाहरु तोकिएकै समयमा उपलब्ध गराउन सरकारले ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने भएको छ। सत्तारुढ ५ दलीय गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा सरकारी सेवा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने प्रतिबद्धता जनाइएको छ।मंगलबार सार्वजनिक भएको साझा संकल्पमा फरक–फरक सरकारी कार्यालयमा नागरिकता लगायत कागजात पटक–पटक बुझाउनुपर्ने झन्झट हटाइने...

राँगा काट्ने बधशालामा साथीको हत्या गरेर भारत भागेका तिखे २१ वर्षपछि पक्राउ मंगलबार, चैत ६, २०८० प्रहरीका अनुसार २१ वर्ष अगाडि (२०५९ असोज १४ गते) संजय र तिखे सहितले सँगै मादक पदार्थ सेवन गरेका थिए। मापसे गरेपछि उनीहरु काठमाडौं महानगरपालिका–१९ मरुढोका इनाटोलस्थित विनोद शाहीले सञ्चालन गरेको राँगा काट्ने बधशालामा पुगेका थिए। मापसे गरेर मात्तिएका उनीहरुबीच बधशालामा विवाद भयो।

महराको बयान लिनै सकस– धेरै कम बोल्छन्, बोलेको पनि बुझिँदैन! मंगलबार, चैत ६, २०८० सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराको बयान लिन प्रहरीलाई सकस परेको छ। स्वास्थ्यमा समस्या देखिएको भन्दै अदालतबाटै अनुमति लिएर नर्भिक अस्पताल भर्ना भएका महरा प्रहरीले बयान लिँदा बोल्न मान्दैनन्। बोलेको पनि बुझ्न नसकिएको अनुसन्धानमा संलग्न सीआईबीका १ जना अधिकारीले न्यूजगृहलाई जानकारी दिए।
![बागलुङ बस दुर्घटना: मृतकको संख्या ९ पुग्यो, अधिकांश घाइतेको अवस्था गम्भीर [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/buss-accident-baglung-1710770385.jpg)
बागलुङ बस दुर्घटना: मृतकको संख्या ९ पुग्यो, अधिकांश घाइतेको अवस्था गम्भीर [अपडेट] मंगलबार, चैत ६, २०८० बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। ७ जनाको घटनास्थलमा र २ जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा ६ महिला र ३ जना पुरुष छन्। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार बिकका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल मंगलबार, चैत ६, २०८०