News Griha :: न्यूजगृह
आइतबारको मौसम: कोशी र गण्डकीका केही स्थानमा हिमपातको सम्भावना 
आइतबारको मौसम: कोशी र गण्डकीका केही स्थानमा हिमपातको सम्भावना  देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण हिमपातको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।
कसरी सुरु हुन्छ तपाईंको आज? हेर्नुहोस् राशिफल
कसरी सुरु हुन्छ तपाईंको आज? हेर्नुहोस् राशिफल नियमित मेहनतका साथ काममा खटिनुहोस् अवश्य सफलता तपाईंका हातमा आउने छ। तपाईंको दिन शुभ बितोस्
आगलागीमा परी भोजपुरमा तीन बालबालिकाको मृत्यु
आगलागीमा परी भोजपुरमा तीन बालबालिकाको मृत्यु भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ।हतुवागढी गाउँपालिका  वडा नं ७ पात्लेपानीमा भएको आगलागीमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए।
भागीरथी बलात्कारपछि हत्या घटनामा आधारित नाटक ‘भागु’ सर्वोत्कृष्ट
भागीरथी बलात्कारपछि हत्या घटनामा आधारित नाटक ‘भागु’ सर्वोत्कृष्ट राष्ट्रिय बाल नाटक मेला २०८० को सर्वोत्कृष्ट नाटक ‘भागु’ घोषित भएको छ।उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित नाटक ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार जितेको हो।
अझै नियन्त्रणमा आएन बस्तीमा सल्केको आगो 
अझै नियन्त्रणमा आएन बस्तीमा सल्केको आगो  भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आगलागी भइरहेको छ।आज दिउँसोबाट लागेको आगलागीले स्थानीयका घरसमेत जलेर नष्ट भएका छन्। वनमा लागेको डढेलोका कारण बस्तीमा रहेका घरसमेत जलेर नष्ट भएका हुन् ।आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ। बसोबास नभएको एक घर...
पशुपतिको जङ्गलमा आत्महत्या गरेकी सुस्मिताले लेखेकी थिइन् ‘सुसाइड नोट’
पशुपतिको जङ्गलमा आत्महत्या गरेकी सुस्मिताले लेखेकी थिइन् ‘सुसाइड नोट’ पशुपति क्षेत्रको जङ्गलमा आत्महत्या गरेको अवस्थामा भेटिएकी १९ वर्षीया सुस्मिता थापाले लेखेको  ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ। प्रहरीले थापाको साथबाट सुसाइड नोट फेला परेको बतायो। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
कैलालीमा फेरि लाइटर बोकेको ट्रकमा आगलागी
कैलालीमा फेरि लाइटर बोकेको ट्रकमा आगलागी कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी भएको हप्ता दिन नबित्दै सोही प्रकृतिको घटना भएको छ।शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका-४ मुडामा वीरगञ्जबाट लाइटर, खोर्सानी र बच्चाको डाइपर बोकेर धनगढीतर्फ गइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो।
मनी ट्रान्सफर सञ्चालकमाथि गोली चलाउने ३ जनालाई प्रहरीले गर्‍यो सार्वजनिक
मनी ट्रान्सफर सञ्चालकमाथि गोली चलाउने ३ जनालाई प्रहरीले गर्‍यो सार्वजनिक रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।शुक्रबार दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका–९ मा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो।
रामेछापमा १२ घर जले, करिब २ करोडको क्षति
रामेछापमा १२ घर जले, करिब २ करोडको क्षति रामेछाप नगरपालिका– ९ मा बिहीबार भएको आगलागीबाट एक करोड ८६ लाख ३१ बराबरको क्षति भएको छ। आगलागीबाट पूर्णबहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सीताराम नेवार, मीनबहादुर नेवार, मानकुमारी नेवार, बमबहादुर श्रेष्ठका घर जलेर पूर्णरुपमा क्षति भएको थियो। 
नर्स हत्या प्रकरणः सम्पर्कविहीन ‘प्रेमी’ खोज्दै प्रहरी
नर्स हत्या प्रकरणः सम्पर्कविहीन ‘प्रेमी’ खोज्दै प्रहरी मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ। घटनामा कसको संलग्नता छ भनेर अहिले नै भन्न सक्ने अवस्था नरहे पनि उनले अनुसन्धानपछि वास्तविकता सार्वजनिक गरिने उल्लेख गरे। पोस्टमार्टम रिपोर्ट र घटनाबारे भइरहेको अनुसन्धान अघि बढ्दै जाँदा सत्यतथ्य खुल्ने उनले बताए। घटनामा संलग्न व्यक्ति चाँडै पत्ता लगाइने...
सप्तरीको एक टेलर्समा आगलागी, ३० लाखको क्षति
सप्तरीको एक टेलर्समा आगलागी, ३० लाखको क्षति सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको छ। आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले बताए।
पेट्रोल र डिजेलको घटेको मूल्य आजदेखि लागू
पेट्रोल र डिजेलको घटेको मूल्य आजदेखि लागू निगमले जारी गरेको सूचनाअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको छ।
Weather Update