News Griha :: न्यूजगृह
मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ, सुन तस्कर दावा छिरिङलाई नेपाली नागरिकता दिएको आरोप
मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ, सुन तस्कर दावा छिरिङलाई नेपाली नागरिकता दिएको आरोप जिल्ला प्रशासन कार्यालय काभ्रेमा कार्यरत रहँदा झुटा विवरणको आधारमा बेल्जियन नागरिक दावा छिरिङलाई नेपाली नागरिकता दिएको र अन्य पनि दोहोरो नागरिकता दिएको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
पेट्रोल, डिजेलको भाउ घट्यो
पेट्रोल, डिजेलको भाउ घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।शुक्रबार मध्यरातिदेखि लागू हुनेगरि मूल्य समायोजन गरेको निगमले जनाएको छ।निगमले जारी गरेको सूचनाअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको छ।
लापसे गरी सवारी चलाउने एम्बुलेन्स चालकसहित चारजना पक्राउ
लापसे गरी सवारी चलाउने एम्बुलेन्स चालकसहित चारजना पक्राउ नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले सुरक्षा जाँच गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।
सुन तस्करी प्रकरणमा दिपेश पुन पक्राउ
सुन तस्करी प्रकरणमा दिपेश पुन पक्राउ सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता दिपेश पुन पक्राउ परेका छन्। सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयको टोलीले पुनलाई पक्राउ गरेको हो। प्रहरी प्रवक्ता डीआईजी भीम ढकालले पुन पक्राउ परेको पुष्टि गरे। ‘दिपेश पुन पक्राउ परेका छन्। विस्तृत विवरण केही समयपछि सार्वजनिक हुन्छ,’...
सीआईबी प्रमुख किरण बज्राचार्यको जिम्मेवारी खोसियो, एआईजी श्यामलाल ज्ञवालीलाई पठाइयो
सीआईबी प्रमुख किरण बज्राचार्यको जिम्मेवारी खोसियो, एआईजी श्यामलाल ज्ञवालीलाई पठाइयो मन्त्रिपरिषद् बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गरेको छ। उनको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई ल्याइएको छ।प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख रहेका ज्ञवालीलाई सीआईबी पठाएर उनको ठाउँमा बज्राचार्यलाई लगिएको छ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोप लागेका सीआईबीका दुई डीएसपी हेडक्वार्टर तानिए
सुन तस्करी प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोप लागेका सीआईबीका दुई डीएसपी हेडक्वार्टर तानिए केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत दुई जना डीएसपीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ।डीएसपी रुगम बहादुर कुँवर र दुर्गा दाहाललाई प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले जानकारी दिए।
सुन तस्करी प्रकरणः पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता, १ अर्ब ४० करोड बिगो माग
सुन तस्करी प्रकरणः पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता, १ अर्ब ४० करोड बिगो माग पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जोन भनिने जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। गुरुङविरुद्ध १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गरिएको छ। गुरुङको योजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३८ किलो सुन तस्करी भएको दाबी...
केपी ओली र राजेश हमालको संवाद: कला र राजनीतिमा भावनाले काम गर्छ कि बौद्धिकताले?
केपी ओली र राजेश हमालको संवाद: कला र राजनीतिमा भावनाले काम गर्छ कि बौद्धिकताले? जीवन यथार्थ हो, समाज यथार्थ हो। अवस्था जे छ त्यो यथार्थ हो। कला परिकल्पना हो, कथा हो। कथा र कला अभिनय गरेर चल्छ। जीवन अभिनय गरेर चल्दैन। फिल्ममा नखाएपनि खाएको अभिनय, प्रेम नभएपनि भएको अभिनय, नलडे पनि लडेको अभिनय, घाइते नभएपनि घाइते भएको अभिनय, नमरे पनि मरेको अभिनय गर्नुपर्छ। वास्तविक...
नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या
नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या मोरङको विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ। सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ।उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरुममा फेला परेको प्रहरीले जनाएको छ।
भारतीय नागरिकले चलाएका थिए मनी ट्रान्सफर सञ्चालकमाथि गोली [अपडेट]
भारतीय नागरिकले चलाएका थिए मनी ट्रान्सफर सञ्चालकमाथि गोली [अपडेट]  रौटहटको परोहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।शुक्रबार दिउँसो १ बजेतिर आईएमई सञ्चालक २४ वर्षीय नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। 
खैरो हेरोइन, गाँजा र ५ लाख बढी नगदसहित ४ जना पक्राउ
खैरो हेरोइन, गाँजा र ५ लाख बढी नगदसहित ४ जना पक्राउ मोरङको सुन्दरहरैँचा नगरपालिका–३ की ३० वर्षीया सुनिता राईलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।उनको घरमा लागूऔषध किनबेच हुने गरेको सूचनापछि प्रहरीले खानतलासी गरेको थियो। त्यसक्रममा उनलाई इलाका प्रहरी बेलबारीको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।उनको घरबाट १० ग्राम खैरो हेरोइन, साढे ३ किलो गाँजा र करिब ५ लाख...
Weather Update