काठमाडौं— काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा शुक्रबार बा ३ च ८८२ नम्बरका एम्बुलेन्स चालक दोलखाको कालिन्चोक गाउँपालिका-३ का २५ वर्षीय सागर दर्जी, प्रदेश १–०१–००१ ख ४३ ४० नम्बरका बसका चालक सुनसरीको धरान उपमहानगरपालिका-१५ का ४३ वर्षीय भोला चिमरिया छन्।
त्यस्तै, बागमती प्रदेश ०३-००१ ख १९९५ नम्बरका ट्रक चालक काभ्रेको रोशी गाउँपालिका-१० का २४ वर्षीय प्रविण ठकुरी र ना७ख ९५८२ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका-१० का २५ वर्षीय निलकण्ठ थापालाई पनि नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले सुरक्षा जाँच गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।