सीआईबी प्रमुख किरण बज्राचार्यको जिम्मेवारी खोसियो, एआईजी श्यामलाल ज्ञवालीलाई पठाइयो
काठमाडौं— मन्त्रिपरिषद् बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गरेको छ।
उनको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई ल्याइएको छ।
प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख रहेका ज्ञवालीलाई सीआईबी पठाएर उनको ठाउँमा बज्राचार्यलाई लगिएको छ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही गर्ने सिफारिस गरेपछि मन्त्रिपरिषद्ले सीआईबीको नेतृत्व हेरफेर गरेको हो।
सुन तस्करलाई जोगाउन सीआईबी प्रमुख नै सक्रिय?
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० १८:३१