News Griha :: न्यूजगृह
मनी ट्रान्सफर सञ्चालकमाथि गोली चलाउने ३ जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

रौतहटरौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

शुक्रबार दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका–९ मा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो।

पक्राउ पर्नेमा भारतीय नागरिक १९ वर्षका मुनिफकुमार यादव, १८ वर्षका राजकुमार पासवान र २० वर्षका चन्द्रभान सिंह रहेका छन्।

घटनालगत्तै उनीहरु पक्राउ परेका थिए। प्रहरीले थप अनुसन्धानपछि उनीहरूलाई शनिबार सार्वजनिक गरेको हो। 

उनीहरूमाथि ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनीहरूको साथबाट प्रहरीले मोटरसाइकल, पेस्तोल गोली लगायतका सामान बरामद गरेको छ।

गोली प्रहारबाट घाइते भएका नितेशको बाराको परबानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार गरिएको थियो।

आँखामा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको तिलगंगा आँखा अस्पताल पठाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १६:४७
Weather Update