टेन्डर
फोहोर बिक्री गर्दै काठमाडौं महानगरपालिका, गर्यो प्रस्ताव आह्वान
काठमाडौं— काठमाडौं महानगरपालिकाले फोहोर बिक्री गर्ने तयारी गरेको छ।
यसका लागि प्रस्ताव आह्वान समेत गरेको छ। महानगरले शुक्रबार एक सूचना जारी गर्दै ३० दिनभित्र प्रस्ताव पेस गर्न सूचना जारी गरेको हो।
आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महरूले सुख्खा फोहोर खरिदका लागि प्रस्ताव गर्न सक्नेछन्।
महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक रूपमा सङ्कलन हुने सुख्खा फोहोरको बिक्रीका लागि प्रस्ताव आह्वान गरेको सूचनामा उल्लेख छ।
प्राप्त प्रस्तावहरू आगामी वैशाख १० गते दिउँसो २ बजे कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवं उपलब्ध प्रस्ताव दाताहरूको रोहबरमा खोलिने जनाएको छ।
सो विषयमा थप जानकारी काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट लिन सकिनेछ।
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८० १२:४७