News Griha :: न्यूजगृह
भारतीय सेनाका सिपाही खैरो हेरोइनसहित ललितपुरबाट पक्राउ

काठमाडौं— लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ का ३५ वर्षीय मनोज राई र काभ्रेको पाँचखाल नगरपालिका–९ का ३० वर्षीय रवीन्द्र श्रेष्ठ छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका राई लागूऔषध खैरो हेरोइनको कारोबारी भएको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

राईको साथबाट प्रहरीले ४१ ग्राम खैरो हेरोइन बरामद गरेको छ। यस्तै, १० ग्राम खैरो हेरोइन बिक्री गरेबापत प्राप्त ४३ हजार रुपैयाँ समेत बरामद गरिएको छ।

प्रहरीका अनुसार, पक्राउ परेका मध्ये राई भारतीय सेना (गोर्खा रेजिमेन्ट)मा कार्यरत सिपाही रहेको खुलेको छ। उनीमाथि थप अनुसन्धान जारी छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १८:५४
Weather Update