काठमाडौं— वर्षाले काठमाडौंको वायुमण्डलमा रहेको धुवाँधुलोको मात्रा केही घटाएको छ। काठमाडौंमा बिहीबार १२ मिलिमिटर वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागकाअनुसार सुन्दरीजल केन्द्रमा १२ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै कीर्तिपुरमा पछिल्लो २४ घण्टामा ११.८ मिलिमिटर वर्षा मापन भएको छ।
पछिल्लो २४ घण्टामा धनकुटाको लेगुवाघाटमा सबैभन्दा बढी पानी परेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ३९ मिलिमिटर वर्षा भएको छ। वर्षाले काठमाडौंको वायु प्रदूषण घटेको आईक्यू एयर इन्डेक्सले जनाएको छ। अहिले नेपालमा विश्वका प्रदूषित सहरमध्ये नेपाल चौथो स्थानमा छ।
चीनको बेइजिङ सहर पहिलो स्थानमा छ। अहिले त्यहाँको प्रदूषणको अवस्था आईक्यू १९७ छ। भारतको नयाँ दिल्लीको प्रदूषणको अवस्था आईक्यू १८४ छ। बंगलादेशको राजधानी ढाकाको प्रदूषणको अवस्था आईक्यू १८० र काठमाडौंको आईक्यू १६१ रहेको छ।
सूचांकाक अनुसार आईक्यू सयभन्दा माथिको वायु अत्यन्त अस्वस्थकर मानिन्छ।
वन तथा भूसंरक्षण विभागका अनुसार विगत ६ दिनयता देशभर १३८ स्थानमा डढेलो लागेको थियो। जसका कारण वायुमण्डलमा प्रदूषित बन्न पुगेको हो।