News Griha :: न्यूजगृह
मुगुको खानेपानी कार्यालयमा भ्रष्टाचार, प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर
मुगुको खानेपानी कार्यालयमा भ्रष्टाचार, प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर आर्थिक वर्ष २०७८/७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी पाँच लाख ६१ हजार चार सय ८१ रुपैयाँ बराबरको रकम बढी भुक्तानी गरेको पाइएको छ। 
‘वान एक्स बेट’मा जुवा खेलाउने तीन एजेन्ट पक्राउ, ५७ करोडको कारोबार गरेको दाबी
‘वान एक्स बेट’मा जुवा खेलाउने तीन एजेन्ट पक्राउ, ५७ करोडको कारोबार गरेको दाबी  ‘वान एक्स बेट’मार्फत जुवा खेलाएको आरोपमा तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका-९ का ३१ वर्षीय सञ्जयकुमार साह र १९ वर्षीय रामजी साह तथा वडा नम्बर १० का ३० वर्षीय राकेश चौधरी छन्।
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाशदिप केसीले जानकारी दिए।
नेपाली सेनाको हिमाल सफाइ टोली स्याङ्बोचेमा 
नेपाली सेनाको हिमाल सफाइ टोली स्याङ्बोचेमा  सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल सफाइको लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जनाको सफा हिमाल अभियान-२०२४ मा संलग्न रहने टोली स्याङ्बोचे पुगेको छ।
इजरायलमा नेपाली श्रमिक सुरक्षित छन्: मन्त्री अर्याल
इजरायलमा नेपाली श्रमिक सुरक्षित छन्: मन्त्री अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गरेका छन्।आइतबार बिहानदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गरेका हुन् ।
१९ जना डीएसपीलाई दर्ज्यानी चिन्ह, खरो उत्रन प्रहरी प्रमुखको निर्देशन
१९ जना डीएसपीलाई दर्ज्यानी चिन्ह, खरो उत्रन प्रहरी प्रमुखको निर्देशन नेपाल प्रहरीमा प्रचालनमा रहेका कार्यशैली, अभ्यास, पद्धति, विधि, प्रक्रिया र प्रणालीलाई वैज्ञानिक, पारदर्शी, न्यायोचित र विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता महसुस गरी चिन्तनशील भएर गृहकार्य अघि बढाइएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘सांगठनिक सुदृढीकरण र तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले सङ्गठनलाई प्रणाली र...
इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह
इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह ‘इजरायलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘आगामी सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ...
धादिङमा ट्रक दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते
धादिङमा ट्रक दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते छन्। नीलकण्ठ नगरपालिका– ५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
मध्यपुरथिमिबासीले सिन्दुर खेलेर मनाए सुथसिया जात्रा
मध्यपुरथिमिबासीले सिन्दुर खेलेर मनाए सुथसिया जात्रा मध्यपुरथिमिबासीले आइतबार बिहानै सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन्।बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन्। 
९ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद
९ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद  पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा ५६ करोड एक लाख छ हजार नौ सय रुपैयाँ बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ।   नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका सामान बरामद गरेको हो। 
रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत: गृहमन्त्री लामिछाने
रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत: गृहमन्त्री लामिछाने  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले सडक यातायात सुधार कार्यदलको प्रतिवेदन आफूले अग्रपङ्तिमा बसेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विषेश अभियान – २०८१’ को समुद्घाटन...
मौसमः तीन प्रदेशमा आज मेघगर्जनसहित वर्षा हुने
मौसमः तीन प्रदेशमा आज मेघगर्जनसहित वर्षा हुने कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ...
Weather Update