News Griha :: न्यूजगृह
धादिङमा ट्रक दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते

काठमाडौं — धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते छन्। 

नीलकण्ठ नगरपालिका– ५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घाइतेलाई जिल्ला अस्पताल लगिँदैछ। 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:५८
Weather Update